-मतदाता सूचीको रिभीजनबाट इण्डी गठबन्धनको 'डिभीजन'- को रणनीति 'ढलफल' भएको छ
लखनऊ, 21 जुलाई (हि.स.)। बिहारमा भइरहेको मतदाता सूचीको रिभीजनको एकातिर विपक्षी दलहरूले विरोध गरिरहेका छन् भने अर्कोतिर भारतीय जनता पार्टी (भाजपा)-का वरिष्ठ नेता केशव प्रसाद मौर्यले राष्ट्रिय स्तरमा मतदाता सूचीको रिभीजन गराउने माग गरेका छन्।
उत्तर प्रदेशका उप-मुख्यमन्त्री केशव प्रसाद मौर्यले आफ्नो सोशल मीडिया एकाउण्ट एक्समा लेखे, मतदाता सूचीको रिभीजनबाट इण्डी गठबन्धनको 'डिभीजन'- को रणनीति 'ढलफल' भएको छ। त्यसैले उनीहरूले खैलाबैला गर्नु स्वभाविक हो।त्यसैको बलमा कंग्रेस अनि यसका पुच्छरे दलहरू यहाँसम्म कि सपा र राजद जस्ता दलहरूले आजसम्म आफ्नो राजनीति चम्काउँदै आइरहेका छन्। त्यसैले रिभीजन जस्तो पुण्य काम बिहारमा मात्र नभएर राष्ट्रिय स्तरमै यथाशीघ्र हुनुपर्छ।
आफ्नो अर्को ट्वीटमा केशव प्रसाद मौर्यले लेखे, हरेक शिव भक्त, राम भक्त, कृष्ण भक्त, कुम्भ स्नानार्थी, माँ दुर्गा वा गणपतिका उपासक, रामलीला हेर्ने र त्यहाँका पात्र-पात्राहरूलाई प्रायजसो नै भाजपाली मानिन्छ। यसमाथि हामीलाई गर्व छ। शान्तिपूर्ण ढंगमा भइरहेको धार्मिक आयोजनहरूलाई केही असामाजिक तत्वहरूले बिथोल्ने षड़यन्त्र रच्दछन्। कहिले स्कूल बसमा हमला, कहिले यात्री अनि सुरक्षा बलहरूसित झड़प। यस्तो कृत्य भक्ति होइन विरोधी राजनीतिक दल अनि अराजक तत्वहरूको षड़यन्त्र हुन्छ। काँवड़ यात्रा सहित यस्ता हरेक घटनाको निष्पक्ष जाँच अनि दोषीहरूमाथि कड़ा कारबाही हुनेछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा