तृणमूलको ऱ्यालीमाथि शुभेन्दु अधिकारीको कटाक्षः भने- यो कुनै सभा होइन, पगलु डान्स हो
तृणमूलको ऱ्यालीमाथि शुभेन्दु अधिकारीको कटाक्षः भने- यो कुनै सभा होइन, पगलु डान्स हो


कोलकाता, 21 जुलाई (हि.स.)। पश्चिम बंगालका नेता प्रतिपक्ष शुभेन्दु अधिकारीले तृणमूल कंग्रेसको 21 जुलाईको शहीद स्मरण सभालाई लिएर कटाक्ष गरे। सोवार बिहान कोलकाताबाट प्रस्थान हुनपूर्व उनले भने, यो कुनै सभा होइन, पगलु डान्स हो।

भाजपा सहित अन्य विपक्षी दलहरूको आरोप छ, तृणमूल कंग्रेसको यो सभा एक राजनीतिक कार्यक्रम बन्न पुगेको छ जसको शहीद परिवारहरूप्रति सम्वेदना र समर्थनसित कुनै सरोकार छैन। आज शुभेन्दु अधिकारीले उत्तर बंगाल तर्फ प्रस्थान हुनअघि पत्रकारहरूसित बातचित गर्दै दोहोऱ्याए, 21 जुलाईको यो ऱ्याली एउटा देखावटी मात्र हो।

सोमवार बिहान शुभेन्दु अधिकारी सिलगढ़ी पुगे जहाँ उननले उत्तर बंगालका भाजपा कार्यकर्ता अनि समर्थकहरूसित 'उत्तरकन्या अभियान'-मा भाग लिए। यस अवसरमा उनले भने, तृणमूलले ऱाजनीतिक मञ्च बनाउनको लागि मात्र शहीदहरूको नामलाई प्रयोग गरिरहेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande