हावड़ा, 21 जुलाई (हि.स.)। सोमवार कोलकाताको धर्मतल्लामा आयोजित तृणमूल कंग्रेसको शहीद दिवस ऱ्यालीमा सामेल हुन गइरहेका पार्टी समर्थकहरूको वाहन हावड़ाको जगत बल्लभपुर थाना अन्तर्गत हावाखाना क्षेत्रमा एउटा द्रूत गतिको बससित ठोक्कियो जसले गर्दा वाहनको हुडमा बसेका मानिसहरू उछिटिएर तल झरे अनि गम्भीर रूपमा घाइते भए।
स्थानीय सूत्र अनुसार हुगली जिल्ला अन्तर्गत खानाकुलको बालिपुर क्षेत्रबाट लगभग 30-35 जना तृणमूल समर्थकहरू एउटा वाहनमा सवार भएर शहीद दिवसको ऱ्यालीमा भाग लिनका लागि धर्मतला गइरहेका थिए। यसै क्रममा वाहन जगतबल्लभपुरको हावाखाना क्षेत्रमा पुगेपछि द्रूत गतिमा गुड़िरहेको वाहनले आफ्नो नियन्त्रण गुमायो अनि विपरीत दिशाबाट आइरहेको बससित ठोक्कियो। यस घटनामा तीनजना गम्भीर रूपमा घाइते भएका छन्। स्थानीय मानिसहरूले घाइतेहरूलाई जगतबल्लभपुर अस्पतालमा पुऱ्याए जसमध्ये एकजनाको अवस्था चिन्ताजनक रहेको बताइएको छ जसलाई प्राथमिक उपचारपछि कोलकाता मेडिकल कलेज एवं अस्तालमा रेफर गरिएको छ। दुर्घटनाको सूचना पाउनसाथ जगतबल्लभपुर थानाको पुलिसले घटनास्थलमा पुगेर जाँच शुरू गरेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा