भगवान शिवको अनौठो मन्दिर, दुईवटा नदीहरूले स्वयं बाबा भोलेनाथलाई जलाभिषेक गर्दछन्
भगवान शिवको अनौठो मन्दिर, दुईवटा नदीहरूले स्वयं बाबा भोलेनाथलाई जलाभिषेक गर्दछन्


पटना/मुजफ्फरपुर, 21 जुलाई (हि.स.)। सावन महिनामा मन्दिर अनि शिवालयहरूमा शिवभक्तहरूको ओइरो लाग्छ। यस अवस्थामा एउटा शिवालय यस्तो पनि छ जहाँ गंगास्वरूप दुईवटा नदीहरूले महादेवलाई स्वयं जलाभिषेक गर्दछन्।

बिहारको मुजफ्फरपुर जिल्ला अन्तर्गत कटरा प्रखण्डस्थित धरौन गाउँमा अवस्थित मन्दिरमा सावन महिनामा जलाभिषेक श्रद्धालुहरूले होइन, स्वयं माँ गंगास्वरूप दुईवटा नदीहरूले गरिरहेका छन्। यस मन्दिरको दर्शन गर्नका लागि टाड़ा-टाड़ाबाट श्रद्धालुहरू आउने गर्दछन् जुन कटराको धनौर गाउँको बागमती र लखनदेई नदीको संगम माझमा अवस्थित छ। बाबा धनेश्वरको नामले प्रसिद्ध यस मन्दिरमा प्रलयकारी बाढ़ीले पनि केही हल्लाउन सक्दैन।

सावनको पहिलो सोमवारदेखि नै भगवान भोलेनाथले जलसमाधि लिन्छन्। सावन महिनाभरि श्रद्धालुहरूलाई दर्शन दिँदैनन्। शिवलिंगमाथि पानी बगिरहन्छ। मन्दिरका पुजारी दानी बाबाले वर्षौंदेखिको उनको सेवा गर्दै आइरहेका छन्।

स्थानीय ग्रामीण सुनिल कुमार भन्छन्, बाबा धनेश्वर नाथ मन्दिरको महिमा अपरम्पार छ। सावनमा बाबाले जलसमाधि लिन्छन्। नदी तरेर श्रद्धालुहरू दर्शन गर्न आउँदछन्। जलाभिषेक स्वयं माँ गंगास्वरूप दुईवटा नदीहरूले गर्दछन्। पुल नभएकोकारणले मानिसहरू नौका मार्पत दर्शन गर्न आउने गर्दछन्। यो वर्षौं पुरानो मन्दिर हो। यस मन्दिरको दर्शन गर्न आउने श्रद्धालुहरूको मनोकामना पूरा हुन्छ।

मन्दिरका पुजारी दानी बाबा अझ बताउँछन्, यो मन्दिर धेरै प्रसिद्ध छ। भगवान शिवले सावनभरि नै श्रद्धालुहरूलाई दर्शन दिँदैनन्। उनलाई स्वयं बागमती नदीको रूपमा माँ गंगाले जलार्पण गर्दछ। मुजफ्फरपुर बाहेक सीतामढ़ी र नेपालबाट समेत श्रद्धालुहरू दर्शनको निम्ति यहाँ आउने गर्दछन्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande