कोलकाता, 21 जुलाई (हि.स.)। पश्चिम बंगालका पूर्व मन्त्री एवं कंग्रेसका वरिष्ठ नेता अबु हिनाको 75 वर्षको आयुमा निधन भयो। विगत केही दिनदेखिको अस्वस्थ हिनाले गए राती लगभग 11:45 कोलकाताको सल्टलेकस्थित आफ्नो आवासमा आफन्तहरूको उपस्थितिमा अन्तिम सास लिए।
अबु हिना मुर्शिदाबाद जिल्ला कंग्रेस कमिटीका अध्यक्ष थिए। उनका पार्थिव शरीरलाई आज कोलकातादेखि पैतृक स्थान लालगोला लगियो जहाँ उनको अन्तिम संस्कार हुनेछ। प्रदेश कंग्रेसका पूर्व अध्यक्ष अधिर रञ्जन चौधरीले हालैमा उनीसित भेट गरेका थिए।
वकिल अबु हिनाले राजनीतिमा लामो समय बिताए। वर्ष 1991-देखि 2021 सम्म उनी लालगोलाबाट निरन्तर कंग्रेस विधायक रहे। वर्ष 2011-मा पहिलो पटक ममता ब्यनर्जीले सरकार बनाउँदा उनी मन्त्री भए। पछि कंग्रेसले समर्थन फिर्ता लिँदा हिनाले मन्त्री पदबाट राजीनामा दिए। वर्ष 2021-को विधानसभा चुनाउमा तृणमूल कंग्रेसका उम्मेद्वार मोहम्मद अलीले उनलाई परास्त गरे।
राजनीति उनलाई धरोहरको रूपमा प्राप्त भएको हो। उनका पिता अब्दुस सत्तार सिद्धार्थ शंकर राय मन्त्रीमण्डलमा मन्त्री थिए। कंग्रेस कार्यसमितिका सदस्य औ पूर्व सांसद अधिर रञ्जन चौधरीले आफ्नो शोक सन्देशमा भने, “सोच्दा पनि मन भारी भइरहेको, हाम्रा प्रिय हेनादा, अबु हिना अब हामीबीच रहेनन्। पछिल्लो सप्ताह नै कोलकातामा उनीसित भेट गरेको थिएँ। आशा थियो, उनी फेरि मुर्शिदाबाद फर्किनेछन् र हाम्रो लड़ाईँमा मार्गदर्शन गर्नेछन्। उनी एकजना नेता मात्र होइन मेरा सहयात्री एवं हृदयको अत्यन्त नजिकमा थिए।”
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा