संदिग्ध परिस्थितिमा पेट्रोल पम्पको पछाड़ी भेटियो छात्रको शव
संदिग्ध परिस्थितिमा पेट्रोल पम्पको पछाड़ी भेटियो छात्रको शव


जौनपुर, 21 जुलाई (हि.स.)। मछलीशहर कोतवाली क्षेत्र स्थित छांछो गाउँमा सोमवार बिहान पेट्रोल पम्पको पछाड़ी एक छात्रको शव भेटियो। पुलिसले मृतकको पहिचान गरी शवलाई पोस्टमार्टमको निम्ति पठाएको छ र मामिलाको जाँच शुरू गरेको छ।

अपर पुलिस अधीक्षक (ग्रामीण) आतिश कुमार सिंहले बताए, पन्धारी यादवको पेट्रोल पम्पको पछाड़ी एक छात्रको शव भेटिएको छ। उसको पहिचान अभिनव शुक्ला (14) पुत्र दिलीप शुक्लाको रूपमा गरिएको छ, जो आइतवारदेखि बेपत्ता थियो। बाजे रमेश शुक्लाले आशंका व्यक्त गर्दै कसैले उनको नातिको हत्या गरी शव फ्याकेको बताए। उनले मामिलाको उच्चस्तरीय जाँचको माग गरेका छन्।

एएसपीले बताए, पुलिसले शवलाई पोस्टमार्टमको निम्ति पठाएर मामिलाको जाँच गरिरहेको छ। रिपोर्ट आएपछि मात्र मृत्युको असली कारणको पत्तो लाग्नेछ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande