भाजपा छोड़्ने अड़कलहरूलाई दिलीम घोषले विराम लगाइदिए
भाजपा छोड़्ने अड़कलहरूलाई दिलीम घोषले विराम लगाइदिए


पश्चिम मेदिनीपुर, 21 जुलाई (हि.स.)। भारतीय जनता पार्टी (भाजपा)-का पूर्व प्रदेश अध्यक्ष दिलीप घोषले पार्टी छोड़्ने अड़कहरूलाई पूर्ण रूपले खारेज गरिदिएका छन्। राजनीतिक गल्लीहरूमा पछिल्लो केही दिनदेखिको दिलीप घोषले भाजपा छोड़्ने अड़कलहरू लगाइँदै आएको थियो। तर सोमवार स्वयं दिलीप घोषले यी अड़कहरूमाथि विराम लगाइदिए। उनले स्पष्ट पारे, उनले भाजपा छोड़्ने छैनन्।

यस परिप्रेक्ष्यमा प्रश्न गर्दा घोषले भने, म के भुस्याह कुकुर हुँ जुन बिहान-बेलुकी यता-उताका घरहरूमा घुमिहिँड़्छ? जसले पार्टी फेर्दै हिँड़्छ उसैले नै यस्तो प्रचार गर्दछ। भाजपा कार्यकर्ता बिक्री हुँदैन। बढ़ीमा बढ़ी राज्य छोड़्नसक्छ, तर पार्टीको झण्डा छोड़्दैन।

उल्लेखनीय छ, हालैमा प्रधानमन्त्री नरेन्द्र मोदीको दुर्गापुर ऱ्यालीमा दिलीप घोषलाई देखिएको थिएन जसबाट उनीसित पार्टी रिसाएको चर्चा तीव्र भएको थियो। तथापि यसपूर्व उनले नयाँ प्रदेश अध्यक्ष शमिक भट्टचार्यसित भेट गरिसकेका थिए।

यसैबीच तृणमूल कंग्रेसको 21 जुलाईको शहीद दिवस ऱ्यालीको जवाफमा भाजपाले पनि राज्यभरि नै कार्यक्रम आयोजना गरेको छ। भाजपाले यसलाई राजनीतिक हिंसामा ज्यान गुमाउने पार्टी कार्यकर्ताहरूप्रति श्रद्धाञ्जलि- को रूपमा मनाएको हो। दिलीप घोषले आफ्नो गढ़ खड़गपुरमा यस कार्यक्रमको अगुवाई गरे।

यस अवसरमा दिलीप घोषले तृणमूल कंग्रेसमाथि धारिलो प्रहार गर्दै भने, भाजपाले 21 जुलाईमा शहीद श्रद्धाञ्जलि सभा आयोजना गरिरहेको छ, के यो चकित पार्ने कुरा होइन र? तृणमूलले त यस दिन हरेक वर्ष नै उत्सव मनाउँदै आइरहेको छ जसमा अण्डा-भातको प्रोग्राम चल्छ। हामी मान्छौं, शहीद हाम्रा हुन्। जुन शहीदहरूलाई लिएर यतिधेरै नाटक गरिन्छ, तिनीहरू त सबै कंग्रेसका थिए। तृणमूलसित उनीहरूके सरोकार? बंगालमा भाजपाका धेरैजना कार्यकर्ता लड़ाईँमा मारिएका छन्। आजको सभा उनीहरूलाई नै श्रद्धाञ्जलि दिनको लागि हो। मलाई त लाग्छ अब तृणमूल स्वयं नै शहीद हुनेछ।

दिलीप घोषको यस बयानबाट यो स्पष्ट भएको छ, उनी भाजपाको साथमा मात्र नभएर पूर्ण आक्रमकता पूर्वक विपक्षी दलहरूलाई लक्षित पनि गरिरहेका छन्। बंगालको राजनीतिमा आगामी दिनमा यस बयानको प्रभाव अवश्य देखिनेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande