जुआको अड्डामा पुलिसको छापामारी, 1.60 लाख रूपियाँ जफत
जुआको अड्डामा पुलिसको छापामारी, 1.60 लाख रूपियाँ जफत


हमीरपुर, 21 जुलाई (हि.स.)। मौदहा कोतवाली क्षेत्रको कम्हरिया गाउँमा सोवार पुलिसले छापा मारेर 9 जनालाई जुआ खेल्दै गरेको पक्राउ गरी ठूलो कारबाही गरेको छ। घटनास्थलबाट पुलिसले 1.60 लाख सात सय रूपियाँ र ताशको पत्ता जफत गरेको छ। यी सबै विरूद्ध पुलिसले मामिला पनि दर्ता गरेको छ।

मौदहा कोतवालीका प्रभारी निरीक्षक उमेश सिंहले सोमवार बताए, कम्हरिया गाउँमा बगिया नजिक सबैजना खुल्ला ठाउँमा जुआँ खेलिरहेका थिए। सूचना पाएपछि पुलिसले यिनीहरूलाई घेऱ्यो। रागौल बड़ा स्क्वायर मौदहा निवासी सगीरउद्दीन, हुसैनगञ्ज मौदहा निवासी सहबाज, रागौल निवासी इरशाद, अहमद, उपरौन्स मौदहा निवासी जहीर, हुसैनगञ्ज निवासी सोनू, कजियाना मौदहा निवासी चान्द खान, परछा गाउँ निवासी जुग्गू, हुसैनिया मौदहा निवासी जुबैर अहमद आदिलाई पक्राउ गरिएको छ। यिनीहरूदेखि 1.47 लाख रूपियाँ र तलाशीमा 13 हजार सात सय रूपियाँ बाहेक ताशको पत्ता जफत गरिएको छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande