राजभवनमा नवनिर्मित शिव मन्दिरको प्राण प्रतिष्ठा पूजा विधिवत सम्पन्न
राजभवनमा नवनिर्मित शिव मन्दिरको प्राण प्रतिष्ठा पूजा विधिवत सम्पन्न


गान्तोक, 21 जुलाई (हि.स.)। सावन महिनाको दोस्रो सोमवार आज सिक्किमका राज्यपाल ओमप्रकाश माथुरद्वारा नवनिर्मित शिव मन्दिरमा प्राण प्रतिष्ठा पूजा विधिपूर्वक सम्पन्न गरियो। यस अवसरमा मुख्यमन्त्री प्रेमसिंह तामाङ विशेष रूपमा उपस्थित थिए।

राजभवन अनुसार, यस शुभ अवसरमा मन्दिरमा विशेष पूजा-अर्चना आयोजन गरियो, जसमा राज्यपाल र मुख्यमन्त्रीले राज्यवासीहरूको सुख, शान्ति र समृद्धिको लागि भक्तिपूर्वक प्रार्थना गरे।

उद्घाटन समारोह अन्तर्गत राज्यपाल र मुख्यमन्त्रीले रुद्रास एवं बेल वृद्धको बिरुवा लगाए, जसले शिव तत्वको शाश्वततालाई दर्साउॅंछ। यसले पर्यावरणीय जागरूकता तथा प्राकृतिक सन्तुलनको सन्देश पनि सम्प्रेषित गर्दछ। यस अवसरमा मन्दिर छेउ पवित्र जलकुण्डमा माछाहरू विसर्जन गरियो, जसमा गोल्डफिश र कार्प जस्ता प्रजातिहरू सामेल थिए।

समारोहमा क्याबिनेट सचिव वीबी पाठक, मुख्य सचिव आर. तेलाङ, मुख्यमन्त्रीका प्रधान सचिव एसडी ढकाल, जीओसी 17 माउण्टेन डिभिजन मेयर जेनरल एमएस राठोड, मत्स्य पालन विभागकी सचिव रोशनी राई तथा अन्य गणमान्य व्यक्तिहरू उपस्थित थिए।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande