सिक्किम युवा प्रतिनिधिमण्डल अन्तर-राज्य विनिमय कार्यक्रमको निम्ति प्रस्थान
सिक्किम युवा प्रतिनिधिमण्डल अन्तर-राज्य विनिमय कार्यक्रमको निम्ति प्रस्थान


25 सदस्यीय टोलीले कुरुक्षेत्रमा आयोजना हुने अन्तर-राज्य विनिमय कार्यक्रममा सहभागिता जनाउने

गान्तोक, 21 जुलाई (हि.स.)। सिक्किम सरकारको खेलकुद एवं युवा मामिला विभागले मेरो भारत, युवा मामिला मन्त्रालय, भारत सरकारको सहयोगमा 25 सदस्यीय युवाहरूको प्रतिनिधिमण्डललाई हरियाणा सरकारद्वारा कुरुक्षेत्रमा आउँदो 23 जुलाईदेखि देखि 25 जुलाईसम्म आयोजना गरिएको अन्तर-राज्य विनिमय कार्यक्रममा सहभागिताको लागि आज गान्तोकबाट प्रस्थान गराएको छ।

पाल्जोर स्टेडियममा आयोजित एउटा कार्यक्रममा आफ्नो सम्बोधन राख्दै मेरो भारत का उपनिदेशक तथा प्रतिनिधिमण्डलका नोडल अधिकारी मंगल जाखरले सहभागीहरूलाई कार्यक्रमको उद्देश्यबारे जानकारी गराउँदै सिक्किमको संस्कृति, ऐतिहासिक यात्रा, सिक्किमको धरोहर र राज्य स्थापना 50 वर्षको उपलब्धिहरू सही ढंगले प्रस्तुत गर्न प्रोत्साहित गरे।

खेलकुद एवं युवा मामिला विभागका उपनिदेशक एसबी सुब्बाले कार्यक्रमको पृष्ठभूमिमाथि प्रकाश पार्दै कार्यक्रममा समूह लोक नृत्य, समूह लोक गीत, र वक्तृत्व प्रतियोगिता जस्ता तीनवटा विदाहरूको रूपरेखा प्रस्तुत गरे। अन्य विदाहरूसितै यी विदाहरू हरियाणाको ऐतिहासिक शहर कुरुक्षेत्रमा आयोजना गरिनेछ।

यो कार्यक्रम प्रेरणादायी मन्त्र ‘एक भारत श्रेष्ठ भारत’ अन्तर्गत आयोजित गरिएको हो जसमा भारतका सबै राज्य र केन्द्र शासित प्रदेशहरूबाट 1000 भन्दा अधिक युवाहरूको सहभागिता रहनेछ। कार्यक्रमको अवधि युवा सहाभागिहरूले प्रतियोगितात्मक कार्यक्रमहरूका साथै आफ्ना राज्यहरूको अद्वितिय संस्कृति, पर्यटन क्षमता, भाषा, र नवीन पहलहरू प्रस्तुत गर्नेछन्।

सिक्किमले तीनवटा विदाहरूमा सहभागिता जनाउनेछ। जसमा निखिल छेत्री र टोलीले वक्तृत्व प्रतियोगिता, अनुमिका गुरूङ र टोलीले समूह लोक नृत्य र देबास छेत्री र टोलीले समूह लोक गीतमा सहभागिता जनाउनेछन्।

प्रतिनिधिमण्डलसंग सिक्किम सरकारको खेलकुद एवं युवा मामिला विभागका सहायक निदेशक भीमराज खत्री अनुरक्षण अधिकारीको रूपमा रहने जानकारी पीआईबीले दिएको छ।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande