कोलकाता, 21 जुलाई (हि.स.)। तृणमूल कांग्रेस प्रमुख एवं मुख्यमन्त्री ममता ब्यानर्जीले सोमवार धर्मतलामा आयोजित वार्षिक शहीद श्रद्धाञ्जलि सभाबाट भाजपामाथि तीखो हमला गरिन्। उनले देशभरिमा घुसपैठीहरूलाई चिह्नित गर्ने अभियानको माध्यमले बांग्ला भाषीहरूलाई प्रताड़ित गरिएको आरोप लगाउँदै यस विरूद्ध देशभरिमा ठूलो स्तरमा आन्दोलनको चेताउनी दिएकी छन्। ममताले यस कारबाहीलाई भाषीय विद्वेषसित जोड्दै भनिन्, यदि आवश्यकता परे फेरि भाषा आन्दोलन शुरू गरिनेछ।
केन्द्र सरकारमाथि बंगालवासीहरूलाई अपमानित गरेको र उनीहरूको अधिकार खोसेको आरोप लगाउँदै ममताले भनिन्, भारतीय जनता पार्टी (भाजपा) विरूद्ध उनको संघर्ष तबसम्म जारी रहनेछ जबसम्म दिल्लीको सत्ता परिर्वतन हुँदैन। ममताले गम्भीर आरोप लगाउँदै भनिन्, भाजपाको षड़यन्त्र आजपनि जारी छ। चुनाउ अगाड़ी केन्द्र सरकारले एक सर्कुलर जारी गर्यो, जसको आधारमा हजारभन्दा अधिक बंगाली बोल्नेहरूलाई कसैलाई मध्यप्रदेश, कसैलाई ओडिशा र कसैलाई राजस्थानको जेलहरूमा हालियो।
उनले भनिन्, तृणमूल सरकार बंगालवासीहरूका लागि लगातार काम गरिरहेको छ। केन्द्रबाट फण्ड बन्द भएपनि उनको सरकारले गरीबहरूलाई घर दियो, धार्मिक स्थलहरूको विकास गऱ्यो र राज्यको परिवहन व्यवस्थालाई मजबुत बनाएको छ। राज्यले अहिलेसम्म 40 प्रतिशत बेरोजगारी कम गरेको छ, यो बंगालवासीहरूका लागि गर्वको विषय हो।
हिन्दुस्थान समाचार / भवानी थामी