गान्तोक, 21 जुलाई (हि.स.)। मंगन जिल्ला अन्तर्गत रिङहिममा आइतवार अबेर राति भएको वाहन दुर्घटनामा एक नाबालिगको मृत्यु भएको छ। दुर्घटनामा अन्य तीन जना घाइते भएका छन्।
पुलिस रिपोर्ट अनुसार, आइतवार राति एक परिवार वाहनमा मन्दिर डॉंडा पब्लिक ग्राउण्ड, मंगनबाट रिङहिमस्थित आफ्नो घरतिर गइरहेका थिए। यस क्रममा राति 10:30 बजीतिर वाहन कच्चा बाटोबाट लगभग 250 फुट तल झऱ्यो। दुर्घटनाको समय वाहनमा माता-पिता र उनीहरूका दुई नाबालिग छोराहरू थिए। दुर्घटनामा वाहन पूर्ण रूपमा क्षतिग्रस्त भएको छ।
दुर्घटनामा चारै जना गम्भीर रूपमा घाइते भए। घाइतेहरूको मंगन जिल्ला अस्पतालमा प्रारम्भिक उपचार गरियो, जसपछि थप चिकित्सा उपचारको लागि उनीहरूलाई गान्तोक रेफर गरियो। यस दुर्घटनामा 13 वर्षीय नाबालिग (ठूलो छोरा) को निधन भएको छ। घाइतेहरूको उपचार चलिरहेको छ।
हिन्दुस्थान समाचार / बिशाल