मनसून सत्रको पहिलो दिन राज्यसभाका 5 सदस्यले लिए शपथ
मनसून सत्रको पहिलो दिन राज्यसभाका 5 सदस्यले लिए शपथ


नयाँ दिल्ली, 21 जुलाई (हि.स.)। राज्यसभाका सभापति जगदीप धनखड़ले राज्यसभाका नवनिर्वाचित र मनोनीत पाँच सदस्यलाई सोमवार संसद भवनमा शपथ दिलाए।

यस अवसरमा जुन सदस्यहरूले शपथ ग्रहण गरे, त्यसमा पूर्व केन्द्रिय मन्त्री बीरेन्द्र प्रसाद बैश्य, कणाद पुरकायस्थ, डा. मीनाक्षी जैन, सी. सदानन्दन मास्टर र हर्षवर्धन श्रृंगला सामेल छन्। सी सदानन्दन, डा. मीनाक्षी जैन र हर्षवर्धन श्रृंगलालाई हालमा उच्च सदनको निम्ति मनोनीत गरिएको थियो।

उपराष्ट्रपति धनखड़ले सबै सदस्यहरूलाई बधाई दिए औं संसदको उच्च सदनमा उनीहरूको प्रभावी योगदानको कामना गरे। शपथ ग्रहण समारोहमा विभिन्न राजनीतिक दलहरूका नेता र वरिष्ठ अधिकारीहरू उपस्थित रहे।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande