नयाँ दिल्ली, 21 जुलाई (हि.स.)। संसदको मनसून सत्रको पहिलो दिन सोमवार विपक्षी सदस्यहरूले पहलगाम हमला र अपरेशन सिन्दूर मुद्दामा चर्चाको माग गर्दै लोकसभा र राज्यसभामा हंगामा गरे। राज्यसभामा प्रश्नकालमा कांग्रेस सदस्यहरूले नारा लगाउँदै सदनबाट बहिर्गमन गरे।
राज्यसभाका सभापति जगदीप धनखड़ले सबै सदस्यहरूको अभिनन्द गर्दै भने, 22 अप्रेलमा पहलगाममा भएको दुःखद र कायरतापूर्ण आतङ्की हमलाले निर्दोष मानिसहरूको ज्यान लियो र हाम्रो सामूहिक अन्तरात्मलाई गहिरो आघात पुऱ्यायो।
यसको जवाफमा हाम्रो राष्ट्र एकजुट भएर सीमा पारी आतङ्की ठेगानाहरूलाई ध्वस्त गर्नका लागि अपरेशन सिन्दूर पछाड़ी एकजुट भयो।
हाम्रो सशस्त बलहरूको दृढ़ साहस र हाम्रा देशवासीहरूको अटूट एकजुटताले हाम्रो गणतन्त्रको एकता र अखण्डताको रक्षाको निम्ति हाम्रो अटूट प्रतिबद्धताको सशस्त रूपमा पुष्टि गऱ्यो।
यसका साथै उनले 12 जूनमा एयर इण्डियाको उड़ान संख्या 171 को दुःखद दुर्घटनामा मारिएका 240 जनाका परिजनहरूप्रति समवेदना व्यक्त गरे। सदनको कारबाहीलाई अगाड़ी बढ़ाउँदै धनखड़ले सदनमा विपक्षका नेता मल्लिकार्जुन खरगेलाई जन्मदिनको बधाई दिए। धनखड़ले नियम 267 अन्तर्गत विपक्षी सदस्यहरूका 18 नोटिसमा चर्चा गराउने मागलाई खारेज गरे। यसका साथै शमिक भट्टाचार्यले पनि नियम 167 अन्तर्गत अपरेशन सिन्दूरमा चर्चाको मागको नोटिस दिए।
राज्यसभामा शून्य कालको शुरूआतमा विफक्षका नेता मल्लिकार्जुन खरगेले भने, पहलगाम आतङ्की हमला र अपरेशन सिन्दूरमा नियम 267 अन्तर्गत नोटिस दिएका छन्। आजसम्म आतङ्कीहरूलाई समातिएको छैन। सबै दलहरूले सरकारलाई बिना शर्त समर्थन दिए। सरकारले हामीलाई बताउनुपर्छ कि के भएको छ। पहलगाम हमलाको आतङ्की अहिलेसम्म पक्रा परेका छैनन्। मारिएका पनि छैनन्। उपराज्यपालले भनेका छन्, जम्मू-कश्मीरमा इन्टेलिजेन्स फेलियर भयो। ट्रम्पले 24 पल्ट भनिसकेका छन् कि हामीले युद्ध रोकायौं। सरकारले यी सबको जवाफ दिनुपर्छ।
यस अवधि केन्द्रिय मन्त्री जेपी नड्डाले भने, देशमा यस्तो सन्देश जानुहुँदैन कि सरकारले पहलगाम र अपरेशन सिन्दूरमाथि चर्चा गर्न चाहँदैन। हामी चर्चा गर्नेछौं र हरेक तरीकाले गर्नेछौं। अपरेशन सिन्दूरका सबै तथ्यहरूलाई देश सामू राखिनेछ। यसमा विपक्षी सदस्यहरूले जमेर हंगामा गर्नथाले, जस कारण सदनको कारबाही 12 बजीसम्मको लागि स्थगित गरियो।
हिन्दुस्थान समाचार / भवानी थामी