प्रधानमन्त्री मोदीले मनसून सत्रलाई बताए राष्ट्रको निम्ति गौरवपूर्ण विजयोत्सव, सबै दलसित एकताको अपील
मोदी


नयाँ दिल्ली, 21 जुलाई (हि.स.)। संसदको मनसून सत्र शुरू हुन केही समय अगाड़ी आज बिहान प्रधानमन्त्री नरेन्द्र मोदीले सबैसित एकताको भावनालाई अगाड़ी बढ़ाउने अपील गरे। उनले भने, राजनीतिक दलहरूको मत अलग भएपनि देशहितमा सबैको मन एक हुनुपर्छ। उनले सबै दलहरूसित संसदसित सकारात्मक सन्देश दिने आह्वान गरे। संसदको मनसून सत्रको शुरूआतअघि प्रधानमन्त्रीले परम्परागत रूपमा मीडियालाई सम्बोधित गरे। उनले हालको सैन्य, अन्तरिक्ष र आर्थिक प्रगतिसित जोड़िएको उपलब्धीहरूको पनि उल्लेख गरे। उनले यस सत्रलाई राष्ट्रको निम्ति एक गौरवपूर्ण विजयोत्सव बताए औं यो भारतको उपलब्धीहरूको गुणगानको समय हो भने।

प्रधानमन्त्रीले भने, भारतको तिरंगा अन्तरराष्ट्रिय अन्तरिक्ष सन्टेशनमा लहराएको कारण देशलाई आज गर्व महसूस भइरहेको छ। संसदले यी गौरवका क्षणहरूलाई एक स्वरमा यशगान गर्नुपर्छ ताकि भावी पीढ़ीहरूलाई प्रेरणा पाओस्। उनले पहलगाम र अपरेशन सिन्दूरपछि विश्वभरिमा गएका भारतीय प्रतिनिधिमण्डलहरूको भूमिकाको सराहना गरे, जसले वैश्विक मंचमा पाकिस्तानको मुखौटा हटाए। उनले राजनीतिक दलहरूसित एकताको यही शक्तिलाई अगाड़ी बढ़ाउने अपील गरे औं, दलहितमा मत नमिलोस् तर देशहितमा मन अवश्व मिलोस् भने।

उनले भने, विश्वले भारतको सैन्य क्षमताको परिचय देखेको छ। आतङ्क विरूद्ध चलाइएको अपरेशन सिन्दूरले आफ्नो सय प्रतिशत लक्ष्य हासिल गरेको छ। यसमा देखिएको भारतको सैन्य हतियारहरूले अब ‘मेड इन इण्डिया’ को शक्तिले विश्व प्रभावित भइऱहेको छ। उनले आशा व्यक्त गर्दै भने, यो सत्र विजय भावले ओतप्रोत रहनेछ, जसबाट सेनाले बल पाउनेछ, देशवासीहरूले प्रेरणा पाउनेछन्, रक्षा उत्पादनले प्रोत्साहन पाउनेछ र जसबाट युवाहरूले रोजगारको अवसर पाउनेछन्।

उनले भने, देशमा अब नक्सलवादको परिधि लगातार समेटिँदैछ, धेरै जिल्ला गर्वले मुक्तिको सास लिइरहेका छन्। संविधानको जित भइरहेको छ। आर्थिक क्षेत्रमा भारत तेस्रो स्थानमा पुगेको छ। देशको महंगाई दर दुई प्रतिशत छ र यसबाट आम जनलाई राहत मिलेको छ। यूपीआईले फिनटेकको क्षेत्रमा वैश्विक पहिचान बनाएको छ र भारतमा विश्वमा सबैभन्दा अधिक फिंच इनोवेशन भइरहेको छ। वैश्विक रिपोर्टहरू अनुसार, 90 करोड़ मानिस सामाजिक सुरक्षाको परिधिमा आएका छन् र भारतलाई ट्रेकोमाबाट मुक्त घोषित गरिएको छ।

उल्लेख्य, संसदको मनसून सत्र आजदेखि शुरू भइऱहेको छ। यो एक महिना चल्नेछ। भोली यस सम्बन्धमा सर्वदलीय बैठक बोलाइएको थियो, जसमा सरकारले सबै दलहरूसित सहयोगको अपील गरेको थियो।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande