पत्नीको हत्याको आरोपमा पति पक्राउ, जॉंच जारी
murder (representational picture)


गान्तोक, 21 जुलाई (हि.स.)। नाम्ची जिल्लाको छुजाचेन, क्युजिङमा एक व्यक्तिलाई आफ्नै पत्नीको हत्याको आरोपमा पक्राउ गरिएको छ। घटना गत 18 र 19 जुलाई, 2025 राति भएको बताइएको छ।

पुलिस सूत्रहरूबाट प्राप्त जानकारी अनुसार, 19 जुलाई बिहान पीडित महिलाकी आफन्तलाई फोनमार्फत हत्याको बारेमा जानकारी गराइएपछि यो मामिला अघि आयो। आफन्त पीडितको घरमा पुग्दा, महिलालाई शयनकोठामा अचेत अवस्थामा लडिरहेको देखे। महिलाको टाउकोमा गम्भीर चोट लागेको थियो। आरोपी पति छेवैको कोठामा थिए।

आरोपीसॅंग सोधपुछ हुन थालेपछि उनले पत्नीसॅंग घरेलु झगडा भएको र यस क्रममा उनको मृत्यु भएको कथित रूपमा स्वीकार गरे।

यस घटनाको सम्बन्धमा राभाङला पुलिस थानामा भारतीय न्याय संहिता, 2023 को धारा 103 अन्तर्गत मामिला दर्ता गरिएको छ। आरोपी व्यक्तिलाई पक्राउ गरिएको छ भने पॉंच दिनको पुलिस हिरासतमा लिइएको छ।

घटना स्थलको राज्य फोरेन्सिक विज्ञान प्रयोगशाला, सरमसाका फोरेन्सिक विशेषज्ञहरूले जॉंच गरेका छन्।

अपराध शाखा-सीआईडी, मुख्यालयले फिंगरप्रिन्ट विश्लेषण र फोटोग्राफिक दस्तावेजहरूसहित थप फोरेन्सिक सहयोग प्रदान गरेको छ।

राभाङलाका महकुमा अधिकारीद्वारा दुई स्वतन्त्र साक्षीहरूको उपस्थितिमा जॉंच गरिएको थियो। प्रारम्भिक प्रक्रियाहरू पूरा भएपछि मृतकको शव पोस्टमार्टमको लागि गान्तोकको एसटीएनएम अस्पताल पठाइएको छ। घटनाको सम्बन्धमा जॉंच जारी रहेको छ।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande