शहीद दिवसः कोलकाताका सड़कहरूमा तृणमूल कार्यकर्ताहरूको घुइँचो, उच्च अदालतले निर्देश दिए पनि यातायात नियन्त्रण चुनौतीपूर्ण
शहीद दिवसः कोलकाताका सड़कहरूमा तृणमूल कार्यकर्ताहरूको घुइँचो, उच्च अदालतले निर्देश दिए पनि यातायात नियन्त्रण चुनौतीपूर्ण


कोलकाता, 21 जुलाई (हि. स.)। तृणमूल कंग्रेसको शहीद दिवस ऱ्यालीलाई लिएर सोमवार बिहानदेखिकै राज्यभरिबाटै पार्टी कार्यकर्ता अनि समर्थकहरू धर्मतला तर्फ गइरहेका छन्। गए आइतवार रातीदेखि नै हजारौं मानिसहरू कोलकाता आइपुगिसकेका छन् जसले मञ्च नजिकै डेरा हालेर बसेका छन्। हावड़ा र सियालदह स्टेशनमा बिहानदेखिकै व्यापक भीड़ उर्लिरहेको छ जहाँबाट समर्थकहरू जुलूसको रूपमा शहर तर्फ बढ़िरहेका छन्। धर्मतला र यस वरपरका सड़कहरूमा ममता ब्यनर्जी एवं अभिषेक ब्यनर्जीका ठूल्ठूला कटआउट तथा पोस्टर देखिँदैछ।

हरेक साल जस्तै यसपालि पनि धर्मतलामा तृणमूलको भव्य मञ्च बनिएको छ जहाँ मुख्यमन्त्री ममता ब्यनर्जी, पार्टीका राष्ट्रिय महासचिव अभिषेक ब्यनर्जी एवं अन्य वरिष्ठ नेताहरू उपस्थित रहनेछन्। तर यसपालि ऱ्यालीलाई लिएर अदालत कड़ा भएको छ।

कलकत्ता उच्च अदालतले स्पष्ट निर्देश दिएको छ, सप्ताहको पहिलो कार्य दिवसलाई केन्द्र गर्दै शहरमा यातायात बाधित हुनु हुँदैन। अदालतले बिहान 8 बजेसम्म जुलूस निकाल्ने अनुमति दिएको छ र 9 बजेसम्ममा जहाँ-जहाँ जुलूस पुगेको हुनेछ, त्यहीँ रोकिनुपर्छ। त्यसपछि 9 बजेदेखि 11 बजेसम्ममा कुनै पनि अवस्थामा शहरमा ट्राफिक जाम हुनु हुँदैन। कोलकाता पुलिसलाई यो सुनिश्चित गर्ने आदेश दिइएको छ, मध्य कोलकाताको पाँच किलोमीटरको घेराभित्र यातायात सामान्य रहोस्।

पुलिसले लालबजारबाट जारी गरेको निर्देश अनुरूप शहरका केही मुख्य मार्गहरूमा ट्राफिक डाइभर्जन लागू गरिएको छ। सोमवार बिहान चार बजेदेखि राती नौ बजेसम्म अमहर्स्ट स्ट्रीट, विधान सरणी, कलेज स्ट्रीट, ब्र्याबर्न रोड, स्ट्र्याण्ड रोड, बीबी गांगुली स्ट्रीट, बेंटिंक स्ट्रीट, न्यू सीआईटी रोड र रवीन्द्र सरणी समेत केही प्रमुख सड़कहरूमा यातायात नियन्त्रण रहनेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande