गान्तोक, 21 जुलाई (हि.स.)। सिक्किम डेमोक्रेटिक फ्रण्ट (एसडीएफ) पार्टीको नाम्ची जिल्लाका पदाधिकारीहरूको आज एक सभा सम्पन्न भयो। सभाको अध्यक्षता चेली नेतृ अमृता दियाली (चेली संयाेजिका) ले गरेकी थिइन्।
सभामा राज्यमा बढ्दो राजनीतिक हिंसामाथि गम्भीरतापूर्वक चिन्तन गरिएको प्रचार सचिव एलबी छेत्रीले आज जारी प्रेस विज्ञप्तिमा बताएका छन्। यस्ता राजनीतिक हिंसक घटनाहरूले देशमा सिक्किमको छवि धुमिल बन्ने र राज्यको पर्यटन क्षेत्र पनि प्रभावित बन्ने बताइएको छ।
सिक्किम अनि राज्यका जनताको सुरक्षाको लागि पुलिस प्रशासन इमान्दार अनि निष्पक्ष बन्न जरुरी रहेको सभाले महसुस गरेको विज्ञप्तिमा उल्लेख छ। सभामा हालैमा घाइते भएका पीडित व्यक्तिहरुको सुस्वास्थ्यको कामना गरियो।
यस अतिरिक्त, सभामा उपस्थित सबै पदाधिकारीहरूको सरसल्लाह मुताबिक पार्टीको कार्यक्रम जतिसक्दो छिटो अनि सशक्त रूपमा गाउँ स्तरमा बढाउनु पर्ने प्रस्ताव पारित गरिएको बताइएको छ। सभामा पार्टीको जिल्ला प्रमुख रमेश किराँतले सन्दूशमूलक वक्तव्य राखेका थिए।
हिन्दुस्थान समाचार / बिशाल