कोलकाता, 21 जुलाई (हि.स.)। कोलकाताको धर्मतलामा आयोजित तृणमूल कंग्रेसको शहीद दिवस ऱ्यालीमा भइरहँदा पार्टीका चारजना प्रमुख नेताहरू अचानक बिमार भए। प्रचण्ड गर्मीको कारणले सांसद शत्रुघ्न सिन्हा, कीर्ति आजाद, सांसद शताब्दी राय औ विधायक मदन मित्रालाई मञ्चबाट उतारेर तुरून्त एसएसकेएम (SSKM) अस्पतालमा लगियो।
डाक्टरहरूको निगरानीमा प्राथमिक उपचारपछि शत्रुघ्न सिन्हा, कीर्ति आजाद र शताब्दी रायलाई छुट्टी दिइयो भने मदन मित्रालाई अस्पतालमै भर्ती गरिएको छ। डाक्टरहरूले बताए, यी नेताहरूको स्वास्थ्य अत्यधिक गर्मी र बाफिएको कारणले बिग्रिएको हो। यस वर्ष मौसमले ऱ्यालीलाई कठिन बनाइदियो। प्रायजसो जुलाई महिनामा वर्षा हुने सम्भावना रहन्छ, तर यसपालि चर्को घाम र अत्यधिक आद्रताले मानिसहरूलाई सताइरहेको छ। त्यसैले यी नेताहरू बिमार भएको हुनसक्ने आशंका व्यक्त गरिएको छ।
सोमवार बिहान बीरभूमकी सांसद शताब्दी राय मुस्कुराउँदै ऱ्यालीमा आइपुगेकी थिइन्, तर ऱ्याली समाप्त हुन अगावै मदन मित्रा, शत्रुघ्न सिन्हा, कीर्ति आजाद र शताब्दी रायलाई अस्वस्थ महसूस भयो। सबैलाई मञ्चबाट सोझै मेडिकल क्याम्पमा लगियो, त्यसपछि एसएसकेएम अस्पतालमा पठाइयो।
सूत्र अनुसार शत्रुघ्न सिन्हा, शताब्दी राय एवं कीर्ति आजाद उपचारपछि आफै वाहनहरूको माध्यमबाट फर्किए भने मदन मित्रा अहिले पनि डाक्टरहरूको निगरानीमा छन्। मुख्यमन्त्री ममता ब्यनर्जीले अस्पतालमा भर्ती भएका पार्टी नेताहरूको स्वास्थ्य स्थिति बारे जानकारी लिँदै शीघ्र स्वास्थ्य लाभको कामना गरिन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा