वैष्णौ देवी मन्दिर जाने पुरानो मार्गमा पैह्रो गयो, चारजना तिर्थयात्री घाइते
वैष्णौ देवी मन्दिर जाने पुरानो मार्गमा पैह्रो गयो, चारजना तिर्थयात्री घाइते


जम्मू, 21 जुलाई (हि.स.)। जम्मू-कश्मीरको रियासी जिल्लामा वैष्णो देवी मन्दिर तर्फ जाने पुरानो मार्गमा सोमवार पैह्रो गएर चारजना तिर्थ यात्रीहरू घाइते भए।

अधिकारीहरूले बताए, त्रिकुटा पहाड़मा अवस्थित तिर्थ यात्रीहरूको आधार शिविर कटरा शहरमा घना वर्षाको कारणले पैह्रो गयो। यो घटना बिहान 8:50 बजे बाणगंगा नजिक गुलशनको लंगरमा भएको ह। बाणगंगा यात्राको प्रारम्भिक बिन्दु हो जहाँ अधिकांश 'टट्टू' सवारहरू पुरानो मार्गमा भेला हुन्छन्।

अधिकारीहरूले बताए, तुरून्त बचाउ अभियान शुरू गरियो अनि फसेका चारजना तिर्थयात्रीहरूलाई निकालेर अस्पतालमा पुऱ्याइयो। अन्तिम रिपोर्टसम्म बचाउ अभियान जारी थियो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande