नयॉं दिल्ली, 21 जुलाई (हि.स.)। उपराष्ट्रपति जगदीप धनखडले सोमवार स्वास्थ्यको कारण देखाउँदै तत्काल लागू हुने गरी आफ्नो पदबाट राजीनामा दिएका छन्। राष्ट्रपति द्रौपदी मुर्मुलाई पठाइएको पत्रमा उनले आफ्नो निर्णय चिकित्सा सल्लाहमा आधारित भएको बताएका छन्।
आफ्नो राजीनामा पत्रमा धनखडले राष्ट्रपतिप्रति कृतज्ञता व्यक्त गर्दै आफ्नो कार्यकालमा उहाँबाट प्राप्त सहयोग र सौहार्दपूर्ण सम्बन्धको सराहना गरेका छन्। उनले प्रधानमन्त्री र मन्त्रिपरिषद्लाई पनि धन्यवाद दिँदै यो कार्यकालमा धेरै कुरा सिक्न पाएको बताएका छन्। धनखडले सांसदहरूबाट पाएको माया, विश्वास र सम्मानलाई आफ्नो सम्झनामा सुरक्षित राख्ने बताएका छन्।
उनले भारतको आर्थिक प्रगति र ऐतिहासिक परिवर्तनहरू देख्न पाउनु आफ्नो लागि गर्वको कुरा भएको उल्लेख गरेका छन्। आफ्नो पत्रमा उनले भारतको विश्वव्यापी प्रतिष्ठा र उपलब्धिहरूमा गर्व व्यक्त गर्दै देशको उज्ज्वल भविष्यमा अटल विश्वास व्यक्त गरेका छन्।
उल्लेखनीय छ, कि जगदीप धनखडले 11 अगस्त, 2022 मा भारतको 14औं उपराष्ट्रपतिको रूपमा पदभार ग्रहण गरेका थिए। उनले संविधानको धारा 67(ए) अन्तर्गत राजीनामा दिएका छन्। उपराष्ट्रपतिको पदभार ग्रहण गर्नुअघि उनी पश्चिम बंगालका राज्यपाल र राजस्थानका सांसद भइसकेका छन्। उपराष्ट्रपतिको रूपमा उनले राज्यसभाको अध्यक्षको भूमिका पनि निर्वाह गरिरहेका थिए।
हिन्दुस्थान समाचार / बिशाल