नयॉं दिल्ली, 22 जुलाई (हि.स.)। डिफेन्डिङ च्याम्पियन इटली र आयोजक चाइनाबीच भिडन्तका साथै बिली जीन किङ कप फाइनलको शुरुवात 16 सेप्टेम्बरदेखि शेनझेनमा हुनेछ। उक्त जानकारी टुर्नामेन्ट आयोजकहरूले सोमवार दिए।
इटलीको टीममा विश्व नम्बर 9 जेस्मिन पाओलिनी सामेल छन् भने चाइनाको अगुवाई ओलम्पिक च्याम्पियन झेङ किनवेनले गर्नेछन्। यो प्रतियोगिता सामान्यतया नोभेम्बरमा हुन्छ, तर यस पटक यो डब्ल्युटीए टुरको एसियाली स्विङसँगै सम्पन्न गर्न सेप्टेम्बरमा आयोजना हुँदैछ।
स्पेन र यूक्रेनबीच दोस्रो क्वार्टरफाइनल 17 सेप्टेम्बरमा खेलिने छ, जसमा विश्व नम्बर 10 पाउला बडोसा एक्शनमा देखिने छन्। यसपछि, 18 सेप्टेम्बरमा अमेरिकाको भिडन्त कजाकिस्तानसॅंग र ब्रिटेनको भिडन्त जापानसॅंग हुनेछ।
सेमिफाइनल भिडन्त 19 र 20 सेप्टेम्बरमा खेलिने छ भने फाइनल 21 सेप्टेम्बर निर्धारित छ।
हिन्दुस्थान समाचार / भवानी थामी