एनएच 10 अन्तर्गत रम्बी र कालीझोडाबीच दुर्घटनामा एकजनाको मृत्यु
एनएच 10 अन्तर्गत रम्बी र कालीझोडाबीच दुर्घटनामा एकजनाको मृत्यु


रम्बी, 22 जुलाई (हि.स.)। रम्बी र कालीझोडाबीच एउटा सवारी साधन दुर्घटनामा एकजनाको मृत्यु भएको जानकारी प्राप्त भएको छ।‌ राष्ट्रिय राजमार्ग 10 अन्तर्गत रम्बी र कालीझोडाबीचको बिरिक डाँडामा सिक्किम नम्बरको यात्रुवाहक सवारी साधन दुर्घटनाग्रस्त भएको समाचार बताइएको छ।

यात्रुवाहक गेजिङदेखि सिलगढी जाने क्रममा दुर्घटना भएको बताइएको छ। प्रारम्भिक रिपोर्ट अनुसार, घटनामा चालकको मृत्यु भएको छ। दुर्घटनामा यात्रीहरू पनि घाइते भएका छन्। घाइतेहरूलाई उपचरको निम्ति अस्पताल लगिएको छ। दुर्घटनाको कारण थाहा हुन सकेको छैन।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande