विपक्षद्वारा एसआईआर विरुद्ध संसद परिसरमा प्रदर्शन
विपक्षद्वारा एसआईआर विरुद्ध संसद परिसरमा प्रदर्शन


नयॉं दिल्ली, 22 जुलाई (हि.स.)। लोकसभामा विपक्षका नेता राहुल गॉंधी, समाजवादी पार्टी प्रमुख अखिलेश यादवसहित विपक्षी सांसदहरूले मंगलवार बिहारमा जारी मतदाता सूची अपडेट प्रक्रिया एसआईआर (विशेष गहन पुनरीक्षण) को मुद्दामा संसदको मकर द्वारमा विरोध प्रदर्शन गरे।

प्रदर्शनमा धेरै विपक्षी दलका नेताहरूले भाग लिए। यसमा कांग्रेस, समाजवादी पार्टी, आरजेडी, द्रमुक र अन्य विपक्षी पार्टीका नेताहरू सामेल थिए। सबैले आफ्नो हातमा एसआईआरको विरोधमा पोस्टर कार्ड समातेका थिए। यसमा एसआईआरले भारतीयहरूको अधिकारी खोसिरहेको छ भनी लेखिएको थियो। साथै, यसलाई रोक्नु पर्ने माग गर्दै नाराबाजी पनि गरियो।

उल्लेखनीय छ, चुनाउ आयोगले बिहानमा विधानसभा चुनाउभन्दा अघि एसआईआर गरिरहेको छ। यसको उद्देश्य मतदाता सूचीलाई अपडेट गर्नु हो। यसमा 90.67 प्रतिशत मतदाताहरूले आफ्नो फारम भरेका छन्। यस अन्तर्गत ड्राफ्ट मतदाता सूची र 30 सेप्टेम्बरसम्म अन्तिम मतदाता सूची तयार गरिने छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande