एजीसीएलको पहिलो बहुद्देश्यीय खुदरा आउटलेटको उद्घाटन
एजीसीएलको पहिलो बहुद्देश्यीय खुदरा आउटलेटको उद्घाटन


तिनसुकिया (असम), 23 जुलाई (हि.स.)। तिनसुकियाको माकुम नाहरनी बाईपास क्षेत्रमा असम ग्यास कम्पनी लि. (एजीसीएल)- को पहिलो मल्टी फ्यूल रिटेल आउटलेट- को गए राति मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाद्वारा औपचारिक रूपमा उद्घाटन गरियो। यस मल्टी फ्यूल रिटेल आउटलेट- को निरीक्षण गर्दै मुख्यमन्त्रीले उद्यमका अधिकारीहरूलाई आफ्नो शुभकामना दिए।

यस सम्बन्धमा मुख्यमन्त्री डा. सरमाले सोशल मीडियामा एउटा पोस्ट शेयर गर्दै भनेका छन्, असम सरकारको असम ग्यास कम्पनी लिमिटेडले माकुममा आफ्नो पहिलो ठोस ऊर्जा केन्द्र शुरू गरेको छ। केन्द्रका आधिकारिक उद्घाटन गरेर मन प्रसन्न भयो। पेट्रोल, डिजल, सीएनजीको यो केन्द्र हाम्रो सार्वजनिक उद्योगसँगसँगै सबै सुविधाहरूलाई प्रदर्शन गर्नको लागि उल्लेखनीय कदम हो।

उल्लेखनीय छ, उक्त आधुनिक पम्पमा पेट्रोल, डिजल, सीएनजी र ईवी चार्जिंगको सुविधा लगायत राति खानपानको व्यवस्था पनि उपलब्ध छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande