कोलकाता, 23 जुलाई (हि.स.)। मणिपुरी रंगमंचका दिग्गज औ विश्व स्तरमा भारतीय नाट्य परम्परालाई नयाँ पहिचान दिलाउने रतन थियमको निधनमा पश्चिम बंगालकी मुख्यमन्त्री ममता ब्यनर्जीले गहिरो शोक व्यक्त गरेकी छन्। उनले स्वर्गीय थियमलाई परम्परा र प्रयोगको अनौठो संगमबाट नाट्यकलालाई समृद्ध पार्ने भारतीय रंगमञ्चका पुरोधा बताइन्।
मुख्यमन्त्रीले मंगलवार एक शोक सन्देशमा भनिन्, म मणिपुरी रंगमञ्चका प्रतीक र साँचो दिग्गज रतन थियमको निधनमा शोक व्यक्त गर्दछु। उनले मणिपुरी रंगमञ्चलाई वैश्विक मानचित्रमा स्थापित गरे। उनको परम्परा र प्रयोगको विशिष्ट शैलीले भारतीय प्रदर्शन कलालाई अपार समृद्धि दियो अनि दुनियाँभरि नै यसको गुञ्ज सुनियो। उनले दिवंगत कलाकारका परिवार, मित्र अनि अनुयायीहरूप्रति आफ्नो सम्वेदना पनि व्यक्त गरिन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा