बिहारमा तस्करी हुन अगावै लाखौं रुपियाँको मदिरा जफत
बिहारमा तस्करी हुन अगावै लाखौं रुपियाँको मदिरा जफत


सिलगढ़ी, 23 जुलाई (हि. स.)। पश्चिम बंगालदेखि बिहारमा मदिरा तस्करी गर्ने केही गिरोहहरू सक्रिय छन्। बिहामा रक्सी तस्करी गर्ने एउटा बाटो खोरीबाड़ीको बंगाल-बिहार सीमामा अवस्थित चक्कामारी बोर्डर हो। खोरीबाड़ी थानाको पुलिसले मंगलवार अबेर राति एउटा लग्जरी वाहन मार्फत बिहारमा मदिरा तस्करी गर्ने योजनालाई असफल बनाइदियो। पुलिसले उक्त वाहनबाट लाखौ रुपियाँको मदिरा जफत गरेको छ। यद्यपि वाहन चालक भने भाग्न सफल भएको छ।

सूत्र अनुसार गए मंगलवार अबेर राति खोरीबाड़ी थानाको पुलिसले गुप्त सूचनाको आधारमा बिहार जाने खोरीबाड़ी-भालुगाड़ा राज्य राजमार्गमा अभियान संचालन गऱ्यो जसान्तर्गत एउटा वाहनलाई रोकेर जाँच गरियो। जाँचमा उक्त वाहनवाट प्रचुर मात्रामा विदेशी रक्सी भेटियो भने वाहन चालक जाँच शुरू हुनसाथ वाहन छोड़ेर भाग्यो।

पुलिस सूत्रले बतायो, सिलगढ़ीदेखि बिहारमा मदिरा तस्कीर गर्ने योजना थियो। पछि पुलिसले वाहनलाई जफत गरी थानामा ल्यायो। पुलिसले चालकलाई खोजिरहेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande