कोलकाता, 23 जुलाई (हि.स.)। पश्चिम बंगालकी मुख्यमन्त्री ममता ब्यानर्जीले बुधवार महान बंगला साहित्यकार ताराशंकर बन्द्योपाध्यायको जयन्तीमा उनलाई श्रद्धाञ्जलि अर्पण गरिन्। बुधवार बिहान मुख्यमन्त्रीले सोशल मीडियामा आफ्नो श्रद्धा निवेदित गर्दै लेखिन्, बन्द्योपाध्यायका साहित्यिक रचनाहरू बंगला भाषीहरूका लागि सदैव स्मरणीय रहनेछन्।
मुख्यमन्त्रीले भनिन्, उनको पार्टी तृणमूल कंग्रेसले सत्तामा आएपछि बीरभूम जिल्लाको लाभपुरस्थित बन्द्योपाध्यायको पैतृक निवास ‘धात्रिदेवता’- को जीर्णोद्धार गराएको छ। उनले भनिन्, महान साहित्यकार ताराशंकर बन्द्योपाध्यायको जयन्तीमा म बंगला भाषा र साहित्यमा उनले पुऱ्याएका योगदानको लागि हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दछु। ‘गणदेवता’, ‘पंचग्राम’, ‘धात्रिदेवता’, ‘हंसुली बांकेर उपकथा’, ‘कवि’ जस्ता उनका कृतिहरू बंगला साहित्यमा अमर रहिसकेका छन्।
मुख्यमन्त्रीले यो पनि जानकारी गराइन्, लाभपुर र मयुरेश्वर-2 ब्लकलाई जोड़्ने मयूराक्षी नदीमा बनिएको गुनुतिया पुलको नाम 'ताराशंकर सेतु' राखिएको छ ताकि आगामी पिँढ़ीले पनि उनको योगदानलाई सम्झिरहोस्। मुख्यमन्त्री ब्यनर्जीले यो पनि बताइन्, पश्चिम बंगाल बंगला अकादमीको पक्षबाट ताराशंकर बन्द्योपाध्यायको आत्मकथा ‘आमर साहित्य जीवन’- को पुनर्प्रकाशन पनि गरिएको छ।
1898 सालमा जन्मेका बन्द्योपाध्यायले आफ्नो जीवनकालमा 65 उपन्यास, 53 कथा-संग्रह, 12 नाटक, चार आत्मकथा लगायत अनेकौं गीतहरूको रचना गरे। उनको साहित्यिक योगदानको लागि उनलाई रवीन्द्र पुरस्कार, साहित्य अकादमी पुरस्कार, ज्ञानपीठ पुरस्कार, पद्मश्री तथा पद्मभूषण जस्ता प्रतिष्ठित सम्मान प्रदान गरिएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा