हावड़ा, 23 जुलाई (हि.स.)। जिल्लाको चमड़ाइल क्षेत्रस्थित एक ढलाई फ्याक्ट्रीमा बुधवार अपरान्ह भयानक आगलागी भएको कारणले क्षेत्रमा भाग-दौड़ मच्चियो। आगो अत्यन्त द्रूत गतिमा चारैतिर फैलियो जसले गर्दा सम्पूर्ण क्षेत्रलाई कालो धुँवाले ढाकेको थियो।दुईवटा दमकल वाहन सहित घटनास्थलमा पुगेका दमकल कर्मीहरूले आगोलाई कड़ा संघर्ष गरेर नियन्त्रण गरे।
प्राप्त जानकारी अनुसार राष्ट्रिय राजमार्गको किनारमा अवस्थित चमड़ाइल औद्योगिक क्षेत्रमा धेरैवटा फ्याक्ट्रीहरू छन्। अपरान्ह फ्याक्ट्रीमा सामान्य रूपमा काम चलिरहेको बेला अचानक फ्याक्ट्रीको एक भागमा आगो लाग्यो।
प्राप्त जानकारी अनुसार आगो फ्याक्ट्रीको त्यस भागमा लागेको थियो जहाँ श्रमिकहरूको निम्ति बस्ने व्यवस्था गरिएको थियो। क्षणभरमै आगोले विकराल रूप धारण गऱ्यो। तथापि सबै श्रमिकहरूलाई समयमै सुरक्षित बाहिर निकालियो।
घटनाको जानकारी पाउनसाथ दमकल विभागका दुईवटा वाहनहरू घटनास्थलमा आइपुगे अनि लगभग आधा घण्टासम्म कठोर परिश्रम गरेर आगोलाई प्राथमिक रूपमा नियन्त्रण गरे।
हाल दमकलकर्मीहरूले यो जाँचिरहेका छन्, कतै कुनै भागमा पकेट फायर (भित्र भित्र बल्ने आगो) त बचेको छैन। आगलागीको सूचना पाउनसाथ स्थानीय पुलिसले पनि घटनास्थलमा पुगेर क्षेत्रलाई घेराबन्दी गऱ्यो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा