हिन्दू धर्मः शिव अनि प्रजापति योगमा मनाइनेछ नाग पञ्चमी
हिन्दू धर्मः शिव अनि प्रजापति योगमा मनाइनेछ नाग पञ्चमी


भोपाल, 23 जुलाई (हि.स.)। हिन्दू पञ्चांग अनुसार यसपालि नाग पञ्चमी आगामी 29 जुलाई मंगलवारको दिन शिव अनि प्रजापति योगमा मनाइनेछ। यो योग आफै-आफमा अत्यन्त शुभ छ र सबैका लागि कल्याणकारी मानिन्छ।

यस सम्बन्धमा ज्योतिषाचार्य सुनिल चोपड़ाले बताए, नागपञ्चमीको अवसरमा शिव, सिद्ध, प्रजापति र सौम्य नामक शुभ योग बन्नेछ। यति धेरै शुभ योग परेको हुनाले नागपञ्चमी पर्वको महत्वलाई अझ बढ़ेको छ। यस दिन गरिएको उपाय वा पूजाबाट चाँड़ै फल पाइनेछ।

ज्योतिषाचार्य चोपड़ा भन्छन्, नागपञ्चमीमा नागदेवताको पूजा गर्ने विधान, तर यस दिन जिउँदो सर्पको पूजा गर्नु हुँदैन। मन्दिरमा गएर नागदेवतालाई दुध चढ़ाउनुहोस्, फल-फूल आदि चढ़ाउनुहोस्। सम्भव भए यस दिन उपवास राख्नुहोस्। आवश्यकतामा परेकाहरूलाई भोजन, कपड़ा आदि दान गर्नुहोस्। यसबाट तपाईलाई नागदेवताको आशीर्वाद प्राप्त हुनेछ।

उनले अझ बताए, वैदिक पञ्चांग अनुसार सावन शुक्ल पञ्चमी तिथि यस साल 28 जुलाईको राती 11:23 बजेदेखि आरम्भ भएर 29 जुलाईको राती 12:45 बजेसम्म रहनेछ। यस आधारमा नाग पञ्चमीको पर्व मंगलवार, 29 जुलाई, 2025-मा मनाइनेछ। यस दिन शुभ साइत बिहान 05:41 -देखि 08:23 बजेसम्म रहनेछ अर्थात भक्तहरूले पूजा गर्नका लागि 2 घण्टा 43 मिनटको समय पाउनेछन्। यसरी नै बिहान 09:16-देखि अपरान्ह 12:33 बजेसम्म। यसै क्रममा अपरान्ह 12:33- देखि 02:11 बजेसम्म। त्यसपछि अपरान्ह 03:49- देखि साँझ 05:28 बजेसम्म।

ज्योतिषाचार्य चोपड़ाले भने, नाग पञ्चमीमा भगवान शिवको रुद्राभिषेक गर्नु अत्यन्त शुभ मानिन्छ। यस दिन भगवान शिवको आराधना गर्नाले सुख-समृद्धि प्राप्त हुन्छ। साथै यस दिन कालसर्प दोष शान्तिको लागि शिव पूजन गर्ने विधान छ। नाग पञ्चमीको दिन सर्पहरूको पूजा गर्नाले परिवारलाई सर्पहरूको डरदेखि मुक्ति प्राप्त हुन्छ। यस दिन आवश्यक्तामा परेकहरूलाई अन्न, वस्त्र वा धन दान गर्नाले शुभ फल प्राप्त हुन्छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande