जलपाईगुड़ी, 23 जुलाई (हि.स.)। निर्माणाधिन घरबाट बुधवार सर्पका 16 वटा बच्चा भेटिएको घटनाले क्षेत्रवासी भयभित भएका छन्। घटना जलपाईगुड़ी सदर ब्लक अऩ्तर्गत तेलीपाड़ाको हो।
प्राप्त जानकारी अनुसार हरे कृष्ण शर्माको नयाँ घर निर्माण गर्दै गर्दा श्रमिकहरूले जमीनमा केही हल्लिरहेको देखे। यी श्रमिकहरूले भुइँ खनेर हेर्दा उनीहरूको आँखा च्यातिएको च्यातिएकैै भयो। एकसाथ यति धेरै सर्पहरूलाई देखेर श्रमिकहरू सहित परिवारका मानिसहरू डरले घर छोड़ेर अन्यत्र गए। घर बाहिर मानिसहरूको भीड़ एकत्र भयो। घर मालिकले हतार-हतार यसको सूचना सर्पप्रेमी संस्थालाई दिए। खबर पाएर सर्प प्रेमी अंकुर दास अनि अनिर्बान चक्रवर्ती घटनास्थलमा पुगेर एउटा-एउटा गर्दै होशियारी पूर्वक 16 वटा सर्पको बच्चालाई उद्धार गरे। सर्पका यी बच्चाहरू कोबराको रहेको बताइएको छ।
अंकुर दासले बताए, एउटा पुरानो घरलाई भत्काएर सोही ठाउँमा नयाँ घर बनाइरहेको थियो जहाँबाट कोबरा सर्पका 16 वटा बच्चाहरूलाई उद्धार गरिएको छ। सबैलाई सुरक्षित ठाउँमा छोड़िनेछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा