होजाई (असम), 23 जुलाई (हि.स.)। होजाई जिल्लान्तर्गत डबकामा पुलिसले एकजना ड्रग्स तस्करलाई पक्राउ गरेको छ। शहरको वार्ड नम्बर-5 बाट पक्राउ गरिएको ड्रग्स तस्करको पहिचान मेहबुब आलमको रूपमा गरिएको छ।
डबका पुलिसले बुधवार बतायो, स्थानीय मानिसहरूले ड्रग्स तस्करलाई समातेर पुलिसलाई सुम्पिदिए। आरोपीबाट ड्रग्सले भरिएका 13 वटा कन्टेनर जफ्त गरिएको छ। मेहबुब आलम पहिला पनि ड्रग्स तस्करीको मामिलामा जेल गइसकेको छ। आरोपीसित पुलिसले गहन जाँचबुझ गरिरहेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा