नदियामा युवकको संदिग्ध मृत्यु, घरबाटै लगेर हत्या गरेको परिवारको आरोप
नदियामा युवकको संदिग्ध मृत्यु, घरबाटै लगेर हत्या गरेको परिवारको आरोप


नदिया, 23 जुलाई (हि.स.)। जिल्लाको नवद्वीप विधानसभा अन्तर्गत तीनकाटा क्षेत्रमा बुधवार बिहान एकजना युवकको रगताम्मे शव भेटियानाले कोकोहोलो मच्चियो। मृतकको पहिचान विश्वजीत देबनाथ (36)- को रूपमा भएको छ। परिवारको आरोप छ, गए मंगलवार राती कसैले फोन गरेर विश्वजीतलाई बाहिर बोलायो अनि उसको हत्या गरिदियो। पुलिसले मामिलाको जाँच शुरू गरेको छ।

परिवार अनुसार विश्वजीत गए मंगलवार अबेर राती कसैको फोन आएपछि कसैलाई केही नभनी घरदेखि बाहिर गएको थियो। तर बिहान तीनकाटा क्षेत्रको एक सुनसान स्थानमा उसको क्षत-विक्षत शव भेटियो। सूचना पाउनसाथ घटनास्थलमा पुगेको नवद्वीपथानाकोपुलिसले शवलाई कब्जामा लिई पोस्टमर्टम गर्नको लागि पठाइदियो।

विश्वजीतकी आमा श्रीमती सन्ध्या रानी देबनाथले भनिन्, यो कुनै सड़क दुर्घटना होइन जबकि सुनियोजित हत्या हो। मेरो छोराको टाउकोमा गहिरो चोट अनि शरीरका विभिन्न भागहरूमा गम्भीर चोटको निशान पाइएको छ जसबाट स्पष्ट हुन्छ कि उसलाई निर्दयतापूर्वक कुटियो। कुनै विवेष कारणले उसलाई लक्षित गरिएको पनि परिवारको आरोप छ। उनीहरूको भनाइ छ, पुलिसको गहन जाँचमा वास्तविकता सामु आउनेछ।

यता घटनालाई लिएर नवद्वीप थाना प्रभारी जलेश्वर तिवारीले मीडियालाई बताए, मृतक परिवारको पक्षबाट हत्याको मामिला दर्ता गरिएको छ र सोही आधारमा पुलिसले जाँच शुरू गरेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande