इम्फाल पश्चिमबाट तीनजना उग्रवादी पक्राउ
इम्फाल पश्चिमबाट तीनजना उग्रवादी पक्राउ


इम्फाल, 23 जुलाई (हि.स.)। मणिपुरमा सुरक्षा बलहरूको उग्रवादीविरूद्ध धर-पकड़ अभियान लगातार जारी छ। यसै क्रममा मणिपुर पुलिसले इम्फाल पश्चिम जिल्लामा संचालित एक अभियान अवधि प्रतिबन्धित उग्रवादी संगठन प्रीपाक (प्रो)- का एकजना सक्रिय सदस्य लगायत तीनजना उग्रवादीहरूलाई पक्राउ गरेको छ।

राज्य पुलिस मुख्यालयबाट बुधवार प्राप्त जानकारी मुताविक यो पक्राउ गए 22 जुलाईको दिन भिन्न-भिन्न समयमा भएको थियो। आरोपी प्रीपाक सदस्यको पहिचान वांगखेम अमरजीत मैतेई (31)- को रूपमा भएको छ जसलाई तांग र लाम्यानबाको उपनामले पनि चिनिन्छ। उसलाई चिंगमेइरोंग मानिंग लेइकाईबाट पक्राउ गरिएको हो।

जाँचबुझमा प्राप्त जानकारी अनुसार पुलिसले पछि यसै संगठनसित आवद्ध रहेको शंकामा थप दुईजना मानिसहरूलाई पक्राउ गऱ्यो जसको पहिचान हाओरांग केइरेल माखा लेइकाई निवासी लैशराम पंगम्बा मेतेई उपनाम मेक्सिको (31) अनि लामशांग ताओथोंग अयुंगबा ममांग लेइकाई निवासी खांगेनबाम रिकी मेतेई उपनाम याइफाबा (27)- को रूपमा भएको छ।

दुवै आरोपी इम्फाल पश्चिमको लामशांग पुलिस स्टेशन अन्तर्गत एक क्षेत्रबाट पक्राउ गरिएको हो। कारबाही अवधि अधिकारीहरूले आरोपीहरूबाट दुईवटा मोबाइल फोन र तीनवटा पर्स जफ्त गरियो। पुलिस अधिकारीहरूले पुष्टि गरे, तीनैजनाको विद्रोही गतिविधिहरूमा संलिप्तताको बारेमा पत्तो लगाउनको लागि अग्रिम जाँच जारी छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande