सिलगढ़ी, 23 जुलाई (हि.स)। सिलगढ़ी महकुमाको फाँसीदेवामा भएको सड़क दुर्घटनामा दुई जना मानिसहरूको मृत्यु भयो भने तीनजना घाइते भए। भनिन्छ, फाँसीदेवाको 31 नम्बर राष्ट्रिय राजमार्गस्थित बिजलीमनी क्षेत्रमा यान्त्रिक गड़बड़ीको कारणले एउटा तेलको ट्यांकर खराब भयो। गए मंगलवार अबेर राती सड़क किनारमा श्रमिकहरूले उक्त तेल ट्यांकरको मरम्मत गरिरहेका थिए। यसै क्रममा एउटा लरीले तेल ट्यांकरलाई भयानक ठक्कर दियो जसले गर्दा तेल ट्यांकरमा आगो लाग्यो।
स्थानीय मानिसहरूले घटनास्थलमा पुगेर बचाउ कार्य शुरू गरे। पछि सूचना पाएर पुलिस र विधान नगर जाँच केन्द्रको दुई वटा दमकल वाहनहरूले घटनास्थलमा पुगेर आगोलाई नियन्त्रण गऱ्यो। तर त्यसबेलासम्ममा दुईजना श्रमिकहरूको मृत्यु भइसकेको थियो भने तीन जना घाइते भएका थिए। घाइतेहरूलाई उत्तर बंगाल मेडिकल कलेज एवं अस्पतालमा भर्ती गरियो। घटनापछि लरी घटनास्थलबाट भाग्न सफल भयो। यो समाचार लेखुञ्जेलसम्म मृतक अनि घाइतेहरूको पहिचान हुन सकेको थिएन। विधाननगर जाँच केन्द्रको पुलिस अग्रिम कारबाहीमा जुटेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा