गोलाघाट (असम), 23 जुलाई (हि.स.)। आहोम राज सत्ताको ऐतिहासिक रंग घरको चित्रलाई रक्सी बनाउने ओवैसी ग्रुपले रक्सीका बोतलहरूमा विज्ञापनको रूपमा प्रयोग गरेकोमा टाई आहोम युवा छात्र परिषद, असम (टाइपा)-ले कड़ा विरोध दर्ता गराएको छ। टाइपाले यस मामिलामा बुधवार एक प्राथमिकी पनि दर्ता गराएको छ।
असमको ऐतिहासिक कृतिचिन्ह रंग घरको चित्रलाई रक्सी बिक्री गर्नको लागि विज्ञापनको रूपमा प्रयोग गरिएकोमा टाइपाले कड़ा शब्दमा निन्दा गरेको छ। साथै रक्सी बनाउने कम्पनीसित यथाशीघ्र रक्सीका बोतलहरूबाट विज्ञापनलाई हटाउने तथा सार्वजनिक रूपमा माफी माग्ने संगठनले अपील गरेको छ। यसो गरिएन भने टाइपाले व्यापक आन्दोलन गर्ने चेताउनी दिएको छ।
कम्पनीले अल सिजन नामक रक्सीका बोतलहरूमा रंग घरको चित्र टाँसेको छ। यसबाट असन्तुष्ट टाइपाका पदाधिकारीहरूले सरूपथार थानामा एक प्राथमिकी दर्ता गराएका छन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा