13 माइल क्षेत्रमा महिलाको शव भेटियो
13 माइल क्षेत्रमा महिलाको शव भेटियो


गुवाहाटी, 23 जुलाई (हि.स.)। जोरबाटको 13 माइल क्षेत्रस्थित राष्ट्रिय राजमार्ग-27 मा बुधवार बिहान एकजना महलाको शव भेटियो। महिलाको उमेर लगभग 40 वर्ष रहेको छ भने शवको अहिलेसम्म पहिचान हुन सकेको छैन।

जोरबाट पुलिसले बतायो, शव राष्ट्रिय राजमार्ग-27को डिभाइडर नजिकै भेटिएको थियो। बिहान सूचना पाउनसाथ जोराबाट पुलिस र यातायात पुलिसले घटनास्थलमा पुगेर शवलाई पोस्टमर्टम गर्नको लागि गुवाहाटी मेडिकल कलेज एवं अस्पतालमा पठाइदिएको छ। पुलिसले मामिलाको जाँच गरिरहेको छ।

----

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande