फुटपाथमा युवकको हत्या भएको खुलासा, जयनकरबाट आरोपी पक्राउ
फुटपाथमा युवकको हत्या भएको खुलासा, जयनकरबाट आरोपी पक्राउ


कोलकाता, 23 जुलाई (हि.स.)। दक्षिण कोलकाताको शरत बोस रोडस्थित फुटपाथमा एकजना युवकको ढुङ्गाले कुच्याएर हत्या गरेको मामिला खुलासा भएको छ। पुलिसले यस हत्याको आरोपमा दक्षिण 24 परगनाको जयनगरबाट आरोपी राजू नस्करलाई पक्राउ गरेको छ। पुलिसको जाँचबुझमा आरोपीले आफ्नो अपराधलाई स्वीकार गरेको छ।

बितेको मंगलवार बिहान शरद बोस रोड फुटपाथमा एकजना युवकको शव भेटिनाले कोकोहोलो मच्चिएको थियो। मृतकको पहिचान सोमनाथ चक्रवर्तीको रूपमा भएको छ जो महेशतलाका निवासी थिए भने दक्षिण कोलकाता वरपर भिख मागेर वा स-सानो कामहरू गरेर जीवन यापन गर्दै आइरहेका थिए। पुलिस जाँचमा थाहा लागे मुताविक मृतकको कानमा गहिरो चोट लागेको थियो, दाहिने हात भाँचिएको थियो भने वरिपरी रगत फैलिएको थियो जसबाट उसको हत्या ढुङ्गाले कुच्याएर गरिएको शंका उत्पन्न भएको थियो।

घटनाको गुञ्जनसितै फेरि एकपटक 'स्टोनम्यान'- को पुरानो डर फर्केर आएको थियो। पुलिसले क्षेत्रको सीसीटीभी फुटेजको जाँच शुरू गऱ्यो जसमा राजूको संलिप्तता सामु आयो जो स्वयं पनि फुटपाथमा भिख माग्दै हिँड़्छ। कुनै कुरालाई लिएर सोमनाथसित उसको विवाद भइरहेको थियो।

पुलिसले जयनगरमा छापा मारेर राजूलाई उसको घरबाट बुधवार पक्राउ गऱ्यो। जाँचमा उसले बतायो, सोमनाथसित उसको झगड़ा भइरहेको थियो, त्यसैले उसले आक्रोशमा आएर उसको हत्या गरिदियो। पुलिसले यो पनि जाँच गरिरहेको छ, के राजूको सम्बन्ध पार्क सर्कसमा पहिला भएको यस्तै हत्याको घटनासित पनि छ जसमा स्टोनम्यानको शैलीमा हमला गरिएको थियो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande