नयाँ दिल्ली, 23 जुलाई (हि.स.)। बांग्लादेशमा सैन्य विमान दुर्घटनामा घाइतेहरूको उपचारको निम्ति भारतले विशेषज्ञ चिकित्सकहरू र नर्सहरूको दल ढाका पठाइरहेको छ। बांग्लादेशको वायुसेनाको चीन निर्मित एक ट्रेनर फाइटर जेट 21 जुलाईमा ढाकाको माइलस्टोन स्कूल एण्ड कलेजको बिलिङसित ठोकेर दुर्घटनाग्रस्त भएको थियो, जसमा कम्तीमा 31 जनाको ज्यान गयो। दुःखको कुरा के छ भने मृतकहरूमा अधिकतर स्कूली नानीहरू सामेल छन्।
विदेश मन्त्रालयको तर्फबाट मंगलवार राति भनियो, जरूरी चिकित्सा सहायताको साथ ‘बर्न विशेषज्ञ चिकित्सकहरू र नर्सहरूको टीम’ पीड़ितहरूको उपचारको निम्ति छिट्टै नै बांग्लादेशको ढाका जानेछ। बर्न-स्पेशलिस्ट डाक्टरहरूको टीमले रोगीहरूको स्थितिको आकंलन गर्नेछ र आवश्यकताको हिसाबले भारतमा अगाड़ीको उपचार र विशेष देखरेखको सिफारिश गर्नेछ। जानकारी अनुसार, ढाका जाने टीममा दिल्लीको राममनोहर लोहिया अस्पताल र सफदरगंज अस्पतालका डाक्टरहरू सामेल छन्।
सोमवार बांग्लादेशको वायुसेनाको एक ट्रेनर फाइटर जेट एफ-7 बीजीआई प्रशिक्षण विमानमा उड़ान भरेको तुरन्तै तकनीकी खराबी आएको थियो र यो ढाकाको माइलस्टोन स्कूल एवं कलेजको बिल्डिङसित ठोकिएको थियो। दुर्घटनामा मर्नेहरूको संख्या कम्तीमा 31 छ जबकि 165 जना घाइतेको विभिन्न अस्पतालहरूमा उपचार चलिरहेको छ।
बांग्लादेशको प्रमुख समाचार पत्र प्रोथोम आलो अनुसार, दुर्घटनापछि मंगलवार भारी संख्यामा मानिसहरूले विरोध प्रदर्शन गरी मृतकहरूबारे सही जानकारी सार्वजनिक गर्नको साथ वायुसेनाको तर्फबाट उपयोगमा ल्याइरहेका पुराना र असुरक्षित ट्रेनर फाइटर जेटहरूलाई तत्काल हटउने माग गरे। य़स भीषण घटनालाई लिएर मानिसहरूमा यति रोष छ कि अन्तरिम सरकारका मुख्य सल्लाहाकार जब घटनास्थलको दौड़ाह गर्न पुगे तब मानिसहरूले उनलाई घेरे। पछि यी अधिकारीहरूलाई स्कूल भवनमा शरण लिनुपऱ्यो र भारी सुरक्षाबीच उनीहरूलाई सुरक्षित निकालियो।
हिन्दुस्थान समाचार / भवानी थामी