दार्जिलिङ, 23 जुलाई (हि.स.)। भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा अन्तर्गत युवा शक्ति केन्द्रिय समितिले दार्जिलिङ शहर समितिको गठन गरेको छ। उक्त समितिमा एलेन छेत्रीलाई अध्यक्ष, नितेश गुरुङलाई मूल सचिव तथा रिमेश मोथेलाई प्रवक्ताको जिम्मेवारी दिइएको छ।
पार्टी केन्द्रिय अध्यक्ष अनित थापाले नयाँ पदाधिकारीहरूलाई बधाई दिँदै युवा शक्ति पार्टीको ऊर्जा, अनुशासन र नेतृत्वको परिचायक भएको बताएका छन्। उनले भने, 'जतिबेला पनि म पछि फर्केर हेर्छु, मेरा युवाशक्तिका जोशिला भाइहरूलाई देख्छु। बीजीपीएम केवल एक राजनीतिक दल होइन, यो पहाडको भविष्य हो।'
उनले युवा सोच र अनुशासनले भरिएको नेतृत्वले दार्जिलिङ शहरमा पार्टीलाई अझ ऊर्जावान रूपमा प्रस्तुत गर्ने विश्वास व्यक्त गरे।
हिन्दुस्थान समाचार / हनोक