जोधपुर, 23 जुलाई (हि.स.)। शहरको शताब्दी सर्कल नजिक आऱटीओले वाहनहरूको चेकिङको समय एक ट्रकलाई रोकाएर त्यसको तलाशी लियो। ट्रकमा 16 वटा ऊँट लोड गरिएका थिए। जब चालकलाई ऊँटहरूको सम्बन्धमा कागजपत्र मागियो तब उसले देखाउन सकेन। जसपछि ऊँट परिवहनलाई प्रथम दृष्टया संदिग्ध मानेपछि ऊँटशालामा पठाइयो। आरटीओ अधिकारीले चालक विरूद्ध कुड़ी थानामा रिपोर्ट दिएका छन्। अग्रिम जाँच जारी छ।
कुड़ी थानाधिकारी हमीरसिंहले बताए, आरटीओ एमवीआई क्षिप्रा पारीक वाहनहरूको चेकिङको समय शताब्दी सर्कलमा तैनाथ थिए। तब एउटा ट्रक आएको देखेर त्यसलाई रोक्ने इशारा गरियो। ट्रकको तलाशी लिँदा त्यसमा 16 वटा ऊँटलाई लोड गरिएको थियो। उत्तर प्रदेशको बागपत निवासी चालक वसीमसित सोधपुछ गरियो तर उसले ऊँटहरूको सम्बन्धमा वैध कागज पत्र देखाउन सकेन। जसपछि ऊँटहरूलाई जफत गर्नका साथै ऊँटहरूलाई ऊँटशाला पठाइयो। थानाधिकारी हमीर सिंहले बताए, चालकलाई अहिले पक्राउ गरिएको छैन तर यसबारे अग्रिम जाँच जारी छ।
हिन्दुस्थान समाचार / भवानी थामी