कांग्रेसले मालदा र मुर्शिदाबाद जिल्लाहरूका प्रवासी मजूदरहरूलाई लक्षित गरेको आरोप लगायो
कांग्रेसले मालदा र मुर्शिदाबाद जिल्लाहरूका प्रवासी मजूदरहरूलाई लक्षित गरेको आरोप लगायो


नयाँ दिल्ली, 23 जुलाई (हि.स.)। कांग्रेसले पश्चिम बंगालको मालदा र मुर्शिदाबाद जिल्लाहरूका 'कथित' प्रवासी मजदूरहरूलाई लक्षित गरेको आरोप लगाएको छ।

कांग्रेसले बुधवार सोशल मीडिया प्लेटफार्म एक्समा भनेको छ, देशका केही राज्यहरूका सरकारहरूले मालदा एवं मुर्शिदाबादका बंगाली प्रवासी मजदूरहरू र फेरीवालाहरूलाई लक्षित गरिरहेका छन्। उनीहरूलाई कुटिँदैछ, प्रताड़ित गरिँदैछ। पक्राउ गरिँदैछ र बंग्लादेशी घुसपैठी ठहर गरी उनीहरूमाथि अत्याचार गरिँदैछ।

कांग्रेसले यसलाई मौलिक अधिकारहरूको हनन बताउँदै भन्यो, यो अनुच्छेद 19(1) अन्तर्गत देशको कुनैपनि हिस्सामा स्वतन्त्र रूपमा आउने-जाने, बस्ने र काम गर्ने प्रत्येक भारतीयको मौलिक अधिकारमाथि हमला हो।

उल्लेख्य, केन्द्र सरकारले देशमा घुसपैठीहरू विरूद्ध लगातार अभियान चलाइरहेको छ। दिल्लीदेखि गुजरातसम्म र उत्तर प्रदेशदेखि लिएर ओडिशासम्म भाजपा शासित राज्यहरूमा प्रशासनले लगातार अवैध प्रवासीहरू विरूद्ध अभियान चलाइरहेको छ र उनीहरूलाई चिह्नित गरी उनीहरूलाई निर्वासित गरिरहेको छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande