-मुख्यमन्त्री एवं मन्त्रीहरूले भारतीय मजदुर संघको स्थापना दिवसमा दिए शुभकामना
नयाँ दिल्ली, 23 जुलाई (हि.स.)। मुख्यमन्त्री रेखा गुप्ता लगायत क्याबिनेट मन्त्रीहरूले बुधवार भारतीय मजदुर संघको स्थापना दिवसमा सबै श्रमिक दाज्यु-भाइ तथा दिदी-बहिनीहरूलाई हार्दिक शुभकामना दिए। उनीहरूले एक्समा पोस्ट गर्दै भने, देशको प्रगति र समृद्धिमा श्रमिकहरूको योगदान अमूल्य छ। उनीहरू हाम्रो समाजका सशक्त रीढ़ हुन् जसको मिहेनत र समर्पणको फलस्वरूप भारत निरन्तर नयाँ उच्चता तर्फ अगाड़ि बढ़िरहेको छ। भारतको हरेक श्रमिक हातलाई सलाम जसको संघर्ष अनि त्यागबाट हाम्रो राष्ट्रले निरन्तर प्रगति गरिरहेको छ।
मुख्यमन्त्रीले भनिन्, दिल्ली सरकार सदैव श्रमिकहरूको कल्याण अनि उनीहरूको अधिकारको रक्षाको लागि प्रतिबद्ध छ। दिल्लीका शिक्षामन्त्री आशिष सुदले एक्समा सबै श्रमिकहरूलाई शुभकामना दिँदै भने, तपाईहरूको परिश्रम, संघर्ष अनि समर्पण हाम्रो राष्ट्रको सशक्त आधार हो। तपाईहरूको मिहेनतबाटै भारत निरन्तर विकास तर्फ अग्रसर भइरहेको छ।
दिल्लीका पर्यावरण मन्त्री मनजिन्दर सिंह सिरसाले एक्समा 'भारतीय मजदुर संघ'- को स्थापना दिवसमा राष्ट्र निर्माणमा अहम भूमिका निभाउने राष्ट्रका शिल्पकार श्रमिकहरूलाई हार्दिक बधाई एवं शुभकामना दिएका छन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा