ग्वालियरमा आगरा-मुम्बई नेशनल हाइर्वमा अनियन्त्रित कारले कावड़ीहरूलाई कुल्चियो, 4 जनाको मृत्यु
ग्वालियरमा आगरा-मुम्बई नेशनल हाइर्वमा अनियन्त्रित कारले कावड़ीहरूलाई कुल्चियो, 4 जनाको मृत्यु


ग्वालियर, 23 जुलाई (हि.स.)। मध्य प्रदेशको ग्लालियरमा आगरा-मुम्बई नेशनल हाईवेमा मंगलवार अबेर राति द्रुत गतिको कारले कांवड़ीहरूलाई कुल्चियो र अनियन्त्रित भएर खाडलमा झऱ्यो। दुर्घटनामा कांवड़ीहरूसहित 4 जनाको मृत्यु भएको छ र दुई जनाको स्थिति गम्भीर छ। कारमा यात्रा गरिरहेका सबै जना घाइते भएका छन्। घाइतेहरूलाई जेएएचको ट्रमा सेन्टर पुऱ्याइएको छ। शवहरूको पोस्टमार्टमको निम्ति पठाइएको छ।

जानकारी अनुसार, दुर्घटना गिरवाई थाना क्षेत्र अन्तर्गत नेशनल हाईवेको शिवपुरी लिंक रोडस्थित शीतला माता मन्दिर गेट छेउ मंगलवार अबेर राति लगभग 1 बजी भयो। पुलिस अनुसार, मंगलवार अबेर राति शीतला माता मन्दिर तिराहामा द्रुत गतिको कारले सडक छेउ हिडिरहेका कावडीहरूको समूहलाई हिर्कायो। दुर्घटनापछि कारसहित कांवडीहरू सडक छेउ खाडलमा झरे। तीन कांवडीको दुर्घटनास्थलमै मृत्यु भयो भने एक घाइतेले अस्पतालमा अन्तिम सास लिए। दुई जनाको अवस्था निकै गम्भीर रहेको छ।

पुलिस अनुसार, दुर्घटनामा पुरण, रमेश, दिनेश र धर्मेन्द्रको मृत्यु भएको छ भने हरगोविन्द बाबागोसाई र प्रह्लाद घाइते भएका छन्। कंपू थाना प्रभारी अमर सिंह सिकरवारले भने, कारको गति लगभग 140 किमी प्रति घण्टा थियो। यस क्रममा कारको टायर फुटेपछि अनियन्त्रित भएर कांवडीहरूलाई कुल्चिॅंदै खाडलमा झऱ्यो।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande