कोलकाता, 23 जुलाई (हि.स.)। रामनामलाई लिएर भारतीय जनता पार्टी (भाजपा)-भित्र शुरू भएको विवादबीच पार्टीका वरिष्ठ नेता दिलीप घोषले स्पष्ट पारेका छन्, उनीहरूले 'जय श्रीराम' पनि भन्नेछन् र 'जय माँ काली' एवं 'जय माँ दुर्गा'- को नाम पनि जप्नेछन्।
पछिल्लो सप्ताह दुर्गापुरमा आयोजित ऱ्यालीमा प्रधानमन्त्री नरेन्द्र मोदीद्वारा दुर्गा-कालीलाई स्मरण गरिएको तृणमूल कंग्रेसले भाजपामाथि तटाक्ष गरिरहेको छ। यसमाथि दिलीप घोषले सोशल मीडिया पोस्टको माध्यमबाट आफ्नो कुरा राखेका छन्।
दिलीप घोषले बुधवार लेखे, “हामी ‘जय श्रीराम’ पनि भन्नेछौं र ‘जय माँ काली’, ‘जय माँ दुर्गा’ पनि भन्नेछौं। भाजपा कार्यकर्ता अनि समर्थकहरूलाई भ्रमित बनाउने चेष्टा गरिँदैछ, तर यसबाट कुनै फाइदा हुनेवाला छैन।” उनले पार्टी कार्यकर्ताहरूलाई सम्बोधन गर्दै लेखे, “निराश नहुनुहोस। पार्टीमाथि भरोसा राख्नुहोस्, आपसी विश्वासलाई कायम राख्नुहोस् र आफ्नो आत्मबललाई नै आगामी दिनमा सबैभन्दा ठूलो शक्ति मान्नुहोस्।”
दिलीप घोषको केही समयदेखि यता पार्टीसित अन्तर्द्वन्द्व भएको स्पष्ट देखिन्थ्यो जसले गर्दा उनी तृणमूल कंग्रेसमा सामेल हुने अड़कल तीव्र भएको थियो। तर हालैमा भाजपा अध्यक्ष जेपी नड्डासित भेट गरेपछि बितेको 21 जुलाईको दिन खड़गपुरमा आयोजित एक सभामा आफ्नो पुरानै शैलीमा देखिएको थियो।
यो विवाद त्यसबेला शुरू भयो जतिबेला गत 21 जुलाईको दिन कोलकातामा तृणमूल कंग्रेसको सभाबाट पार्टीका राष्ट्रिय महासचिव अभिषेक ब्यनर्जीले भाजपामाथि लक्षित गर्दै भनेका थिए, “पहिला जय श्रीराम भन्थे, अब जय माँ दुर्गा, जय माँ काली भनिरहेका छन्। वर्ष 2026-देखि यिनीहरूबाटै जय बंगला पनि भनाउनेछौ।”
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा