जलपाइगढीमा मिठाई पसलका कर्मचारीको गला रेटेर हत्या
जलपाइगढीमा मिठाई पसलका कर्मचारीको गला रेटेर हत्या


जलपाइगढी, 23 जुलाई (हि.स.)। जिल्लाको मयनागुड़ीस्थित एउटा मिठाई पसलमा काम गर्ने एकजना व्यक्तिको शव घर नजिकै नालामा भेटियो जसको पहिचान अमल रायको रूपमा भएको छ।प्राथमिक जाँचमा थाहा लागे अनुसार उनको गला रेटेर हत्या गरिएको छ। घटनापछि क्षेत्रमा व्यापक खैलाबैला मच्चिएको छ।

पुलिस सूत्र मुताविक अमल राय मयनागुड़ी रोड क्षेत्रका निवासी थिए र यसै क्षेत्रको एउटा मिठाई पसलमा वर्षौंदेखिको काम गर्दै आइरहेका थिए। प्रतिदिन राती 10-11 बजे पसल बन्द गरेर तिनी घर फर्किन्थे। तर बुधवार बिहान स्थानीय मानिसहरूले उनको घर नजिकै एउटा नालामा तिनको रक्तरञ्जित शव लड़िरहेको देखे। सूचना पाउनसाथ मयनागुड़ी थानाको पुलिस घटनास्थलमा पुगेर जाँचमा जुट्यो।

पुलिसले शवलाई कब्जामा लिएर पोस्टमर्टम गर्नकोलागि जलपाइगढी मेडिकल कलेजमा पठाइदिएको छ। प्रारम्भिक जाँचमा मृतकको गला काटिएको पाइएको छ जसकारण पुलिसले यसलाई हत्या मानिरहेको छ। पुलिसले मृतककी पत्नी र अन्यसित जाँचबुझ गरिरहेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande