तिताबारमा सड़क दुर्घटना, एकजनाले गुमाए ज्यान
तिताबारमा सड़क दुर्घटना, एकजनाले गुमाए ज्यान


जोरहाट (असम), 23 जुलाई (हि.स.)। असमको जोरहाट जिल्ला अधिनस्थ तिताबरमा भएको एक पीड़ादायी सड़क दुर्घटनामा परी एकजना व्यक्तिको मृत्यु भयो। मृतकको पहिचान हरेन मानकीको रूपमा भएको छ।

पुलिस सूत्रबाट बुधवार प्राप्त जानकारी मुताविक कछजान चिया बगानदेखि चिया पत्ती खाली गराएर फर्किरहेको एउटा वाहनले गए राती हरेन मानकीलाई भयानक ठक्कर दियो जसले गर्दा उसको घटनास्थलमै मृत्यु भयो।

दुर्घटनापछि वाहन चालक वाहन लिएर भाग्न सफल भयो। घटनाको सूचना सूचना पाएपछि तिताबार पुलिसले घटनास्थलमा पुगेर शवलाई पोस्टमर्टम गर्नको लागि जोरहाट मेडिकल कलेज एवं अस्पताल ((जेएमसीएच)-मा पठाइदियो। यस घटनाको कारणले क्षेत्रमा गहिरो शोक व्याप्त भएको छ। पुलिसले वाहन चालकलाई खोजिरहेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande