विद्यापुर, उरियामघाटमा प्रशासनको कारबाही अगावै कब्जाधारीहरू अन्यत्र पलायन
विद्यापुर, उरियामघाटमा प्रशासनको कारबाही अगावै कब्जाधारीहरू अन्यत्र पलायन


कार्बी आंगलोंग (असम), 23 जुलाई (हि.स.)। कार्बी आंगलोंग जिल्लाको बोकाजानमा बुधवार भोर बिहान टाटा डीआई वाहनको लामो तातलाई देखेर मानिसहरूमाझ कौतुहलता उत्पन्न भयो। बिहान-बिहान बोकाजानमा ठूलो संख्यामा मानिसहरूलाई आफ्नो घरेलु साजो-सामान सहित देखियो।

आधिकारिक सूत्र अनुसार गोलाघाट जिल्लाको विद्यापुर र उरियामघाटमा प्रशासनद्वारा बेदखली अभियान संचालन गर्ने भएको थियो जसलाई मध्यनजर गर्दै उक्त क्षेत्रमा अवैध रूपमा बस्दै आइरहेका मानिसहरू प्रशासनद्वारा बेदखली अभियान शुरू गर्न अगावै क्षेत्रलाई खाली गरेर बोकाजान पुगे। बोकाजान पुगेका मनिसहरूलाई आफ्नो घरको सामान सहित पशुहरूलाई पनि डीआई वाहनहरूमा लादेर लगिरहेको देखियो।

यसबीच खटखटी पुलिसद्वारा गरिएको जाचबुझमा पत्तो लाग्यो, सबैजना नगाउँ जिल्लाका विभिन्न क्षेत्रहरू जस्तै धिंग, जुरिया, मैराबाड़ी आदि स्थानहरू तर्फ गइरहेका छन्। पुलिसको सक्रियताको कारणले बिहानै भए पनि बोकाजानबाट सबै मानिसहरू आ-आफ्नो गन्तव्य तर्फ जानका लागि प्रस्थान भए।

उल्लेखनीय छ, विभिन्न स्थानदेखि आएर गोलाघाट जिल्लाको विद्यापुर, नेघेरिबिल, उरियामघाटमा सरकारी भूमिमा अवैध कब्जा गर्ने यस विशेष समुदायका मानिसहरूबीच वर्तमान समयमा राज्यभरि नै प्रशासनद्वारा संचालित उच्छेद अभियानको कारणले भाग-दौड़को स्थिति उत्पन्न भएको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande