कसबा ल कलेजकाण्डः मुख्य आरोपी मनोजीत मिश्रामाथि थपियो दुई वटा मुद्दा, अहिलेसम्ममा 12 वटा मामिला दर्ता
कसबा ल कलेजकाण्डः मुख्य आरोपी मनोजीत मिश्रामाथि थपियो दुई वटा मुद्दा, अहिलेसम्ममा 12 वटा मामिला दर्ता


कोलकाता, 23 जुलाई (हि. स.)। कसबास्थित ल कलेजमा छात्रासित भएको सामूहिक दुष्कर्म मामिलाका मुख्य आरोपी मनोजीत मिश्रामाथि फेरि दुईवटा मुद्दा थपिएको छ। अहिलेसम्ममा उसको विरोधमा 12 वटा मामिला दर्ता भइसकेको छ जसमा कुटपिट, अश्लील कृत्य औ हिंसाका आरोपहरू सामेल छन्। पुलिसले उसलाई गए मंगलवार यी दुईवटा मामिलाहरूमा पनि पक्राउ गऱ्यो। जाँचसित सम्बन्धित एकजना अधिकारीले बुघवार बताए, मनोजीतविरूद्ध गेट प्याटर्न तकनिकबाट जाँच पूरा गर्ने प्रक्रिया शुरू गरिएको छ।

विशेष सरकारी वकिल विभास च्यटर्जीले भने, यदि पुलिसले वर्ष 2023-देखि अहिलेसम्ममा दर्ता 12 वटा मामिलाहरूमा समयमै कारबाही गरेको भए आज ल कलेजमा यस्तो गम्भीर घटना घट्ने थिएन। अदालतले पनि प्रश्न उठाएको छ, यति धेरै मामिलाहरू हुँदाहुँदै पनि आरोपीविरूद्ध अहिलेसम्म कारबाही किन गरिएन?

कसबा थानामा दर्ता यी दुई नयाँ मामिलाहरूमध्ये प्रथम मामिला वर्ष 2023-को कुटपिट अनि अश्लील कृत्य, दोस्रो वर्ष 2024-मा भएको हिंसक झड़पसित सम्बन्धित छ। तथापि यी दुवै मामिलाहरूमा पुलिसले चार्जशीट पहिला नै दर्ता गराइसकेको छ, त्यसैले अदालतबाट मनोजीतलाई यी मामिलाहरूमा जमानत प्राप्त भयो। आरोपीका वकिल राजू गांगुलीले दाबी गरे, मनोजीत राजनीतिक षड़यन्त्रको शिकार भएको हो।

गेट प्याटर्न टेस्टको माध्यमबाट पहिचान गर्ने तयारी-यस मामिलामा पुलिसले अब आरोपीहरूलाई चिन्हित गर्नको लागि 'गेट प्याटर्न टेस्ट' गराउन गइरहेको छ। साउथ कोलकाता ल कलेजमा रहेका सीसीटीभी क्यामराको फुटेजमा देखिएका मानिसहरूको चाल-ढालको तुलना आरोपीहरूको वर्तमान गेटसित गरिनेछ। सरकारी वकिलले अदालतलाई बताए, बुधवार यो टेस्ट गराइनेछ जसबाट आरोपीहरूको पहिचान पुष्टि गर्न सकियोस्। मनोजीत मिश्रा, कलेजका दुईजना छात्रहरू क्रमैले जायेब अहमद र प्रमित मुखर्जीले जाँचमा सहयोग गरिरहेका छैनन्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande