खेत्री पुलिसको कारबाहीमा भारी मात्रामा जफ्त गरियो भैंसीको सिंग
खेत्री पुलिसको कारबाहीमा भारी मात्रामा जफ्त गरियो भैंसीको सिंग


गुवाहाटी, 23 जुलाई (हि.स.)। राजधानी गुवाहाटीको खेत्री पुलिसले बुधवार बिहान धुपगुड़ीस्थित राष्ट्रिय राजमार्गमा आफ्नो नियमित जाँचको क्रममा एउटा नाइट बसबाट प्रचुर मात्रामा भैंसीको सिंग जफ्त गऱ्यो।

पुलिस अनुसार माथिल्लो असमदेखि गुवाहाटी तर्फ आइरहेको नाइट सुपर बस (एएस-06एनसी-0119)- को जाँच गर्दा दुईवटा बोरामा अवैध रूपमा तस्करी गरेर लगिएको भैंसीको सिंग भेटियो। यस मामिलामा अग्रिम जाँच शुरू गरिएको छ। तथापि यस मामिलालाई कसैलाई पनि पक्राउ गरिएको सूचना छैन।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande